सार्वजनिक यातायातमा यात्रु लुट्ने सात जना बसुन्धराबाट पक्राउ

Pocket

काठमाडौं ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सार्वजनिक यातायातमा यात्रुहरुको पाकेटमारी गरेर नगद तथा गरगहना लुट्ने सात जनालाई पक्राउ गरेको छ । विगत पाँच महीनादेखि पाकेटमार तथा लुटपाट गर्ने काभ्रेका विकास श्रेष्ठ, साइला तामाङ, विवेक तामाङ, धादिङका कुमार मिजार, मकवानपुरका अञ्जन पाख्रिन, सिन्धुपाल्चोकका पूर्णबहादुर विक र सिन्धुपाल्चोककै सुकमान गदललाई बसुन्धराबाट पक्राउ गरीएको हो ।

वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले विगत पाँच महीनादेखि सार्वजनिक सवारीसाधनमा चढेर पाकेटमार तथा गरगहना लुट्ने कार्यमा संलग्न रहेकाले उनीहरुलाई आइतबार पक्राउ गरिएको जानकारी दिए। प्रहरीले पक्राउ गरेका सात जनासँग ७० हजार ५०० नेपाली र भारु पाँच हजार ५००, विभिन्न देशका नोट ३० थान, विभिन्न कम्पनीका मोबाइल सात थान र गाँजा २०० ग्राम बरामद गरेको छ। पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ। महानगरीय प्रहरी वृत्तबाट सादा पोशाकमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

प्रतिक्रिया

सम्बन्धित