बामदेवको घरमा नेकपाका विद्रोही नेताहरुसँग प्रचण्डको छलफल

biddrohi netaharu

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्रोही चार शिर्ष नेतासँग छलफल गरेको रहस्य खुलेको छ । नेकपाको स्थायी समितिको पहिलो दिनको बैठक बस्नु अगाडि अध्यक्ष दाहालले विद्रोही चार शीर्ष नेताहरूसँग गोप्य वार्ता गरेको स्रोतको दावी छ ।

ललितपुरको भैँसेपाटीस्थित नेता वामदेव गौतमको निवासमा प्रचण्डले चार शीर्ष नेताहरूसँग परामर्श गरेका थिए । उक्त गोप्य बैठकमा प्रचण्डले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठसँग कुराकानी गरेका थिए ।

सोही छलफल पछि नै विद्रोही चार भाई मंसिर २९ गतेको पहिलो दिनको स्थायी समिति बैठकमा सहभागी भएको पनि बताइएको छ । स्रोतका अनुसार यस छलफलले अध्यक्ष एमव् प्रधानमन्त्री केपी शर्मा ओलीसँगको गौतमको सम्बन्ध झन टाढा एको छ ।

प्रतिक्रिया

सम्बन्धित