समयमै ठेक्का सम्पन्न नगर्ने ठेकेदारमाथि कारबाही हुन्छ : सांसद बस्नेत

mahesh 1

    भक्तपुर । प्रनिनिधिसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता महेश बस्नेतले समयमै काम सम्पन्न गर्न नसक्ने ठेकेदारहरुलाई सरकारले कारबाही गर्ने बताएका छन् । ठेक्का झोलामा बोकेर हिड्ने परम्परा चलिरहेका बेला केही समय अघि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले त्यस्ता ठेकेदारमाथि कारबाही गर्ने बताएका थिए । यद्यपी उनको भनाई कार्यान्वयनमा धेरै जटिलताहरु थपिएको देखिन्छ । 

तर, सामाजिक क्रियाकलाप र विकास निर्माणमा दिन रात नभनी खटिरहेका सांसद एवम् पूर्व उद्योग मन्त्री बस्नेतले भने समयमा काम सम्पन्न गर्न नसक्ने ठेकेदारमाथि सरकारले बल प्रयोग गर्ने दावी गरेका हुन् । मध्यपुर थिमी नगरपालिकादेखि सूर्यविनायकको दधिकोट जाने हनुमन्ते नदीको पुलको शिलान्यास गर्दै सांसद बस्नेतले विकास निर्माणका काममा बाधा गर्ने जोकोहीलाई सरकारले कारबाही गर्ने मात्र नभई जनताले नै तिरस्कार गर्ने बताए ।

mahesh 2

करिव ६ करोड लागतमा निर्माण हुन लागेको उक्त पुल ३५ मिटर लम्बाई रहेको छ भने ११ मिटर चौडाई रहेको छ । पुलको शिलान्याश गर्दै सांसद बस्नेतले थिमी चोकमा पनि ट्राफि जाम बढिरहेको भन्दै पुल सम्पन्न तथा हनुमन्ते नदीको करिडोर निर्माण पश्चात थिमीमा जामको समस्या समाधान हुने दावी गरे । उनले हनुमन्ते करिडोर निर्माणको कार्य तिव्र गतिमा अघि बढिरहेको जानकारी गराए ।

साँगामा उपत्यकाकै सवैभन्दा लामो झोलुङ्गे पुल निर्माणको लागि टेण्डर भएको जानकारी गराउँदै सांसद बस्नेतले २ करोड ४० लाखको लगानीमा निर्माण हुन लागेको उक्त पुल पनि समयमै निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरे ।

जनप्रतिनिधि, स्थानीयबासी एवम् समाजसेवीहरुको सहयोगमा सुन्दर, स्वच्छ, सफा, समृद्ध भक्तपुर बनाउने बताउँदै सांसद बस्नेतले आगामी ७ गते शनिबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलको आतिथ्यमा एक महिने बृहत भक्तपुर सफाइ अभियानकाे समापन तथा हनुमन्ते सफाई अभियान अन्तर्गत थिमी चोकदेखि राधेराधेसम्म सफाई हुने भएकाले सबैलाई उपस्थितिका लागि पनि आग्रह गरेका छन् ।

mahesh 3

कार्यक्रममा प्रदेश न.३ का सांसद शशिज‌ग थापा, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापा, उपप्रमुख जुना बस्नेत, मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठ, उपप्रमुख अन्जना मिधकर्मी, नेकपाका जिल्ला अध्यक्ष बजन देउजा, सूर्यविनायक नगरपालिकाका वडा न.४ का अध्यक्ष उतम थापालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित