ज्ञानेन्द्रको स्वागतमा गणतन्त्रविरोधी नाराबाजी

gyanendra-shaha

पोखरा ।
पूर्वराजा ज्ञानेन्द्र शाह सात दिने निजी भ्रमणका लागि सोमबार पोखरा पुगेका छन् । शाहको स्वागतमा उनका समर्थकहरुले विमानस्थलमा राष्ट्रिय झण्डा बोकेर गणतन्त्रविरोधी नारा लगाएका छन् । समर्थकहरुले उनलाई पोखरामा स्वागत गर्दै राष्ट्रिय झण्डा बोकेर गणतन्त्रविरोधी नारासमेत लगाएका हुन् । सयौंको संख्यामा विमानस्थल अगाडि भेला भएका उनीहरुले हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्दै नारा लगाएका थिए ।

उनीहरुले राजतन्त्रका समर्थकहरुले विमानस्थलमा गणतन्त्रलाई फाँसी दे, संघीयता खारेज गर, हिन्दु राष्ट्र कायम गर भन्दै नारा समेत लगाएका थिए । उनी एक साता पोखरामा रहने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित