टीकापुर घटनाको सुनुवाइ स्थगित

resham

काठमाडौं ।

टीकापुर घट्नासम्बन्धी मुद्दाको सुनुवाइ स्थगित भएको छ । सोमबारका लागि पेशी चढेको मुद्दा पक्षको कानून व्यावसायीबाट स्थगित गरिएको हो । कर्तव्य ज्यान, डाँका, चोरी तथा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दीपकराज जोशी र सपना प्रधान मल्लको संयुक्त इजलासमा परेको थियो । गत साउन ३१ गते यो मुद्दामा अनिलकुमार सिन्हा र प्रकाशसिंह राउतको संयुक्त इजलासले मिसिल झिकाउने आदेश दिएको थियो ।

कैलालीको टीकापुरमा ७ भदौ २०७२ मा एक नाबालकसहित सात प्रहरीको हत्या भएको यो मुद्दामा सांसद रेशमलाल चौधरीसहित २६ जनालाई विपक्षी बनाइएको छ । मानबहादुर बोहराको जाहेरीमा दर्ता भएको मुद्दाका अभियुक्तहरू सांसद चौधरी डिल्लीबाजरस्थित सदरखोरमा बन्दी जीवन बिताइरहेका छन् ।

त्यसैगरी आरोपी लक्ष्मण थारुसहित २३ जना जिल्ला कारागार कैलालीमा छन् भने दुई नाबालकहरु पोखरास्थित बाल सुधार गृहमा छन् । ज्यान मुद्दा लागेकै कारण राजपा सांसद रेशमलाल चौधरीले अहिलेसम्म सपथ ग्रहणसमेत गर्न पाएका छ्नैन् ।

राजपाले भने कैलाली घटनालाई राजनीतिकरुपमा हेरिनुपर्ने भन्दै सांसद चौधरीलगायत आरोपीहरुलाई रिहा गर्न माग गर्दै आएको छ । तर, यो मुद्दा अदालतमा विचाराधीन रहेकाले सांसद चौधरीलाई सपथग्रहण गराउन सक्ने अवस्था नरहेको सरकारी पक्षको तर्क छ ।

प्रतिक्रिया

सम्बन्धित