कांग्रेसमा कोषाध्यक्षबाहेक सबै निर्वाचित

congress

   काठमाडौं । नेपाली कांग्रेसका शिर्ष नेताहरुको लामो रस्साकस्सीपछि पदाधिकारी विवाद सुल्झिएको छ । सहमतिअनुसार अब कांग्रेसमा उपसभापति, महामन्त्री र सहमहामन्त्री २÷२ जना हुनेछन् । सभापतिसँगै उनीहरु पनि महाधिवेशनबाटै चुनिनेछन् ।

कोषाध्यक्ष भने मनोनित हुनेछ । निर्वाचत केन्द्रीय सदस्यहरु मध्येबाट कोषाध्यक्ष मनोनित गर्ने सहमति जुटेको छ भने प्रवक्ता पदाधिकारी मध्ये वा केन्द्रीय सदस्यलाई दिन सकिनेछ ।

अहिलेको विधानमा सभापतिसँग एक महामन्त्री र कोषध्यक्ष मात्र निर्वाचित हुने व्यवस्था थियो । उपसभापतिसँगै एक महामन्त्री, सहमहामन्त्री भने सभापतिले मनोनित गर्ने र केन्द्रीय कार्यसमितिले अनुमोदन गर्ने व्यवस्था थियो । पछिल्लो पटक फोरम लोकतान्त्रिकसँग भएको राजनीतिक सहमतिका आधारमा एक उपसभापति थपियो ।

शीर्ष नेताहरुबीच केन्द्रीय कार्यसमितिको आधार अझ बढाउने सहमति भएको छ । अब केन्द्रीय कार्यसमिति १६१ सदस्यीय हुनेछ, जसमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित