प्रवासी नेपाली एकता मञ्च ईजरायलद्धारा मिर्गौला रोगीलाई आर्थिक सहयोग

Sasshi Kidney

भक्तपुर ।
प्रवासी नेपाली एकता मञ्च ईजरायलले मिर्गौला रोगबाट पिडितहरुको उपचारमा सहयोग पुुर्याउने उद्देश्यले आर्थिक सहयोग गरेको छ । मञ्चले भक्तपुरको शहिद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपन केन्द्रमा उपचार गराई रहेका मिर्गौला रोगीलाई ५७ हजार रुपैया सहयोग रकम प्रदान गरेको हो ।

सहयोग रकम प्रदेश नं. ३ का सांसद शशीजंग थापाले दुबै मिर्गौला फेल भई डायलोसिस गराईरहेका बझाङ्ग सैना पसेला गाउँपालिकाका २४ वर्षीय दीपक बहादुर थामीलाई प्रदान गरेका छन्  । सांसद  थापाले विदेशमा रहेका प्रवासी नेपालीहरुबाट विरामीहरुका लागि सहयोग जुट्नु गौरवको कुरा भएको बताए ।

ईजरायलमा काम गरेर बसेका प्रवासी नेपालीहरुबाट भैरब अर्याल, सोमप्रसाद चौलागाई, ज्योति शर्मा, कमला राई समेतले रकम संकलन गरि विरामीलाई भेटेर अन्य सामाग्री समेत प्रदान गरेका छन् । झौखेलका रामेश्वर थापाको अगुवाईमा थामीको उपचारका लागि आवश्यक रकम संकलन गर्न सुरु गरिएको हो । थापाले आर्थिक अवस्था निकै कमजोर रहेका मिर्गौला पीडित थामीलाई आर्थिक सहयोग जुटाईदिन सबैलाई आग्रह गरेका छन् । दीपक बहादुर थामीलाई आप्mनै आमा कमलादेवी थामीले मिर्गौला दान दिने भएपछि त्यसका लागि आर्थिक सहयोग संकलन शुरु गरिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित