फोरम फुटाउने गोप्य तयारी, वीरको भिसीमा १५ करोडको खेल

Upendra-Yadhav-

 काठमाडौं । संघीय समाजवादी फोरम नेपालभित्र ठूलो विवाद उत्पन्न भएको छ । संघीय फोरमका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग असन्तुष्टि जनाएका छन् । यादवको कार्यशैली निरंकुश रहेको भन्दै श्रेष्ठले आलोचना गर्दै आएका छन् ।

 श्रेष्ठले पार्टी फुटाउन आफू निकटका नेताहरूसँग गोप्य कुराकानी गरेको रहस्य बाहिर आएको छ । श्रेष्ठको अभियानलाई उपेन्द्र यादव र अशोक राईको सहयोग छैन । श्रेष्ठले मधेसी र पहाडेको राजनीतिलाई फेरि पनि स्थापित गर्ने परम्परा बसाल्न थालेको चर्चा छ । सह–अध्यक्ष श्रेष्ठले अहिलेकै सरकारभित्र रहेर रचनात्मक गर्न नसकेको भनेर यादवको आलोचना गरेका छन् ।

 श्रेष्ठ यादवलाई सबै टिमसहित समर्थन फितालिएर आन्दोलनमा जानुपार्ने मुडमा छन् । श्रेष्ठलाई थामथुम पारेका मन्त्री यादवले भ्रष्टाचारमा विशेष ध्यान दिने गरेको आरोप छ । कर्मचारी शुरुवा बढुवाका साथै दातृनिकायको सहयोगमा पनि मन्त्री यादवले -याल चुहाउने गरेको आरोप छ ।

 कार्यशैली सच्चिन नसके सहध्यक्ष श्रेष्ठले अप्रिय कदम उठाउने भनेर अध्यक्ष यादवलाई चेतावनी दिइसकेका छन् । अध्यक्ष यादवले श्रेष्ठसहितका नेताहरूलाई थामथुम पारेर राखेका छन् ।
यादवले स्वास्थ्यका बढुवा र सरुवामा भित्रभित्रै पिएहरुमार्फत रकम असुल्दै आएको पनि बुझिएको छ ।

 यादवसँग कमिसनको कुरा नमिल्दा लामो समयसम्म चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) मा उपकुलपति नियुक्ति हुन सकेको छैन । शुरुमा मन्त्री यादवले डा. देवनारायण शाह(डिएन)लाई उपकुलपति बनाउन चाहेको थिए । तर, पूर्व भिसी गणेश गुरुङ आफू सिफारिसमा नपरेपछि सिफारिस कमिटि नै भंग गरेर फेरि पनि आफू भिसी बन्न मन्त्री यादवलाई करोडौं रकमको अफर गरिरहेको स्रोतको दावी छ । त्यसैले यादव पनि सिफारिस कमिटि नै भंग गर्ने सोचमा पुगेको बताइएको छ ।

 गुरुङले मन्त्री यादवलाई १५ करोडको आश्वसन दिएको स्वास्थ्य मन्त्रालयमा चर्चा हुने गरेको छ । त्यस्तै ट्रमा सेन्टरका डा. सन्तोष पौडेल रजिष्टार बन्न लागिरहेका छन् । तर, रजिष्टारमा भने केपी ओलीका नीजि चिकित्सक डा. दिलिप शर्माको पक्का पक्की जस्तै छ । उनको पृष्ठभूमी भने कांग्रेसी रहेको बताइएको छ । यूनाइटेड पोस्ट साप्ताहिक

 

प्रतिक्रिया

सम्बन्धित