बैकुन्ठेमा एनआईसीको नयाँ शाखा

nic

  काठमाडौं । एनआई सी एशिया बैंकले भोजपुरमा नयाँ शाखा विस्तार गरेको छ । रामप्रसा दराई गाउँपालिका–६, भोजपुरस्थित बैकुन्ठेमा स्थापना भएको नयाँ शाखाको गाउँपालिका प्रमुख विजय राईले उद्घाटन गरेका हुन् ।

बैंकको मुलुकभर २७० शाखा कार्यालयहरु, २८५ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकको वासलातको आकार रू. २११ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६९ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १४४ अर्ब पुगिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित