प्रधानमन्त्रीलाई राजपाको सात दिने अल्टिमेटम

pm oli_1

   काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी नेपालले उठाएका माग पूरा गर्न सात दिनको समय मागेका छन्। नेपालको संविधान संशोधन, रेशम चौधरीको सपथ, आन्दोलनकारीमाथि लागेका मुद्दा, बन्दीहरूको रिहाइलगायतका माग गरेको राजपासँग प्रधानमन्त्री ओलीले आज ठोस धारणा दिन एक हप्ताको समय माग गरेका हुन् ।

यसअघि वाचा गरेअनुसार मागहरू पूरा नगरेको भन्दै राजपाले सरकारलाई दिएको समर्थन फिर्ता पनि दोहोर्याएको थियो। राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोसहितको टोलीसँग मंगलबार बालुवाटारमा भएको वार्तामा राजपाका नेताहरु प्रधानमन्त्री ओलीमाथि खनिएका हुन् ।

प्रधानमन्त्रीले मागेको समय दिन आफूहरु तयार रहेको भन्दै राजपाका संयोजक राजेन्द्र महतोले भने–‘प्रधानमन्त्रीजीले ७ दिनको समय माग्नुभएको छ । यो सबै समाधानका सन्दर्भमा राय सल्लाह गर्छु र ७ दिनमा ठोस धारणा दिन्छु भन्नुभएको छ । उहाँको समयसम्म कुर्छौं ।’

प्रतिक्रिया

सम्बन्धित