तेस्रो चरणको निर्वाचन परिणाम: ४० सिट जितेर कांग्रेस पहिलो

काठमाडौँ । तेस्रो चरणको स्थानीय तहको निर्वाचनको सबै मत परिणाम सार्वजनिक भएको छ। प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा असोज २ गते निर्वाचन भएको थियो ।  स्थानीय तहको प्रमुख, अध्यक्ष पदमा नेपाली कांग्रेस ४० सिट जितेर पहिलो स्थानमा छ। सँगै मधेस आन्दोलनमा होमिएका दुई पार्टी एक सिटको अन्तरले दोस्रो र तेस्रो भएका छन्। संघीय समाजवादी फोरम नेपालले २६ स्थानमा र राष्ट्रिय जनता पार्टीले २५ स्थान जितेको छ। २१ सिट जितेर नेकपा माओवादी केन्द्र चौथो स्थानमा छ। अन्य प्रदेशहरुमा पहिलो भएको एमाले प्रदेश नम्बर २ मा भने १८ सिटका साथ पाँचौँ भएको छ। नेपाल लोकतान्त्रिक फोरम तीन, नेपाली जनता दल दुई र नयाँ शक्ति पार्टी नेपालका उम्मेदवार एक स्थानमा विजयी भएका छन्। राजविराजमा राजपा विजयी सप्तरीको राजविराज नगरपालिकाको प्रमुखमा राष्ट्रिय जनता पार्टी ९राजपा० नेपाल विजय भएको छ।

राजपा नेपालका प्रमुखका उम्मेदवार शम्भु यादव चार हजार ७७४ मत प्राप्त गरी विजयी भएका हुन्। शम्भु १५ मत बढी ल्याएर विजयी भएका हुन्।

उहनका निकट प्रतिस्पर्धी संघीय समाजवादी फोरम नेपालका भीमराज यादवले चार हजार ७५९ मत प्राप्त गरे। यस्तै उपप्रमुखमा राजपा नेपालका साधना झाले पाँच हजार १९५ मत प्राप्त गरी विजयी भइन्। निकट प्रतिस्पर्धी फोरम नेपालकी किरण साहले चार हजार २६९ मत प्राप्त गरिन्।

प्रतिक्रिया

सम्बन्धित