नेपाली सेनाका दुईतारे जर्नेल नै चलाउँछन् जुवाघर (भिडियोसहित)

काठमाडौँ । नेपाली सेनाका दुईतारे जर्नेल होमकुमार लावतीकै संलग्नतामा ललितपुरको सातदोबाटोमा जुवाघर सञ्चालन भइरहेको खुलासा भएको छ ।

 सातदोबोटो प्रहरी वृत्तको पाँचसय मिटर पेरिफेरिमा रहेको दीपावली मार्गस्थित एउटा घरमा नेपाली सेनाका कानुन विभाग प्रमुख जर्नेल लावतीले संगीता भनिने आसा लिम्बुसँग मिलेर घरानियाँ जुवाघर सञ्चालन गरेका हुन् ।

 जुवाघरमा दैनिक ३६ जनासम्म घरानियाँ जुवाडे पुग्ने गरेका छन् । खानपिन, हतियारसहितको बन्दोबस्तीसँगै सुरक्षित घेराभित्र सञ्चालनमा रहेको जुवाघरमा जर्नेल लावती आफ्नो गाडी बा २ झ २९४३ मै पुग्छन् र जुवाघर चलाउँछन् । जर्नेल लावतीले सञ्चालन गरेको जुवाघरमा प्रहरीले छापा मार्न सकेको छैन । अर्कातिर दक्षिण एसियामै पुरानो संगठन मानिने नेपाली सेनाका ९७ हजार सुरक्षाकर्मी आवद्ध संगठनकै जर्नेलले जुवाघर सञ्चालन गरेको विषय सेनामासमेत छलफल भएको छैन ।

 जुवाघरमा पैसा हारे तुरुन्तै ५२ प्रतिशत ब्याजमा तत्कालै ऋण लगानी गर्ने दलालहरु पनि हुन्छन् । कागज नै गरेर ब्याज दिइन्छ । लावतीले जुवाघर सञ्चालन गरेका विषयमा खोजी गरेपछि यो समाचार प्रसारणमा नल्याउन सञ्चारकर्मीलाई चेतावनी आएको थियो । समाचार प्रकाशन गरे ‘ठीक नहुने’ धम्की दिइएको थियो । लावतीको जुवाघरबारे जनता टेलिभिजनको  कार्यक्रम ‘बाइलाइन’ले पर्दाफास गरेको भिडियो पूरा हेर्नुहोस्ः

https://www.youtube.com/watch?v=H5_FQ9KsfoI

प्रतिक्रिया

सम्बन्धित