बाबुको समाचार लेख्ने पत्रकारलाई सशस्त्रका आईजीपी पुत्र सानिन्ध्यले दिए श्रद्धान्जली

saanidhya-khanal-1

   काठमाडौं । सशस्त्र प्रहरी बलका आइजीपी शैलेन्द्र खनालले गाडी दुरुपयोग गरेको समाचार बाहिर आएपछि उनका छोराले आपत्ति जनाएमका छन् । खनालले राज्यकोषबाट किनेका ८ गाडी दुरुपयोग गरेको समाचार सार्वजनिक भएपछि अमेरिकामा रहेका उनका छोराले पत्रकारलाई हार्दिक श्रद्धान्जली दिएका छन् ।
आइजीपी खनालपुत्र सानिन्ध्यले आइतबार बिहान फेसबुकमा स्टाटस लेख्दै श्रद्धान्जली दिएका हुन् ।

अनलाइनहरुमा आफ्ना पिताले गाडी दुरुपयोग गरेको समाचार भाइरल भएपछि छोरा सानिध्य खनालले अमेरिकाबाटै पत्रकारहरुलाई मानसिक सन्तुलन ठीक नभएका भन्दै हार्दिक श्रद्धान्जली दिएका छन् । र, साथै नर्कमा पनि आफ्ना पिताको समाचार लेख्ने पत्रकारका लागि ठाउँ नभएको सूचना आएको कुरा पुत्र खनालले सामाजिक संजाल फेसबुकमार्फत पोखेका छन् ।
बाबुको बचाउमा भावुक बन्दै लेखेको स्टाटस केही समयमा सानिध्यले डिलिट गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित