भतिजा एमालेमा प्रवेश गरेपछि खुमबहादुलाई ठुलो झट्का

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काका भतिजा डिल्लीबहादुर खड्का एमालेमा प्रवेश गरेका छन् ।घोराहीमा सोमबार आयोजित कार्यक्रममा डिल्लीबहादुर खड्कालाई एमाले उपाध्यक्ष बामदेव गौतमले टीका लगाएर पार्टी प्रवेश गराएका हुन् स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट लमही नगरपालिकामा बागी उम्मेदवार बनेर एक सय मत ल्याएका डिल्लीबहादुर खड्कालाई कांग्रेसले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो ।

  कांग्रेसले कारबाही गरेपछि भौतारिएर बसेका डिल्लीबहादुर खड्काले एमाले अध्यक्ष केपी ओलीसँग बालकोटमा चार चरणमा कुरा गरेका थिए । खड्कालाई प्रदेश सभाका लागि टिकट दिने सहमति भएपछि एमालेमा प्रवेश गरेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित