घट्यो पेट्रोलियम पदार्थको मूल्य

Nepal Oil Corporation

काठमाडौं । नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । स्वचालित मूल्य प्रणालीअनुसार   निगमले पेट्रोल, डिजेल र मट्टितेलको समान २र२ रुपैयाँ प्रतिलिटरका दरले घटाएर मूल्य समायोजन गरिएको निगमले जनाएको छ । मूल्य समायोजसँगै पेट्रोल प्रतिलिटर १०८ रुपैयाँ तथा डिजेल र मट्टितेल समान ९५ रुपैयाँ प्रतिलिटर पाइने छ । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको  छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा कमी आएको र अमेरिकी डलरसँग नेपाली मुद्रा पनि केही बलियो भएको कारणले गर्दा पेट्रोलियम पदार्थको मूल्य घटाएको निगमका निर्देशक एवं प्रवक्ता इ.वीरेन्द्र गोइतले बताए । उनका अनुसार मूल्य घटाई समायोजन गरेपश्चात् पेट्रोल, डिजेल र मट्टितेल र हवाई इन्धनमा नाफा रहेको छ भने एलपी ग्यासमा अझै प्रतिसिलिण्डर ८० रुपैयाँ ६९ पैसा घाटा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित