विमानस्थलबाट विज्ञापन र होडिङबोर्ड हटाइने

tian

 काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अब विज्ञापन र होडिङबोर्ड हटाउने काम शुरु भएको छ । विज्ञापनका बोर्डहरु पूर्ण रुपमा हटाउन लागेको विमानस्थल विभागले जानकारी दिएको छ ।

विमास्थलमा हाल सुधारका कामहरु भइरहेका छन् । विमास्थललाई बुटिक विमानस्थलका रुपमा विकास गर्ने योजनाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष निर्देशनमा हाल काम भइरहेको छ ।

पहिलो चरणमा विमानस्थलको प्रस्थान तर्फका विज्ञापन हटाउन लागिएको विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिएका छन् ।

होडिङ बोर्डले विमानस्थललाई कुरुप बनाएकोले यसलाई हटाउन पर्यटन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण र विमानस्थल कार्यालयले प्रयत्न थालेका हुन् ।

विमानस्थललाई मौलिकता प्रदान गर्नका लागि हरसम्भव काम भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित