ठुला गुण्डा नाइके लुक्न थालेपछि टोलेबिरुद्द अपराध महाशाखाको अप्रेशन

काठमाडौं । काठमाडौंमा ठुला गुण्डा नाइकेहरु  लुकेर हिंड्न थालेपछि महानगरिय अपराध महाशाखाले टोले गुण्डाबिरुद्द अप्रेशन थालेको छ । यसलाई सवैले प्रसंशाको रुपमा लिएका छन् । किनकी, पछिल्लो समयमा टोले गुण्डाहरुको संख्या बढ्दै गैरहेको छ।

 सुक्रबार बेलुका काठमाडौंको पेप्सीकोलाबाट टोले गुण्डा रामेश्वर गौतमलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गोली प्रहार गरी नियन्त्रणमा लियो । उनको वीर अस्पतालमा उपचार भइरहेको छ ।

 महाशाखाको टोलीले नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई नै २ राउण्ड गोली चलाएपछि प्रहरीको जावाफी कारवाहीमा गौतम घाईते भएको महाशाखाले जनाएको छ । गौतम पछिल्लो समय चक्रपथ क्षेत्रमा संगठित आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पटक पटक पक्राउ पर्दै आएका चक्रे मिलन समूहका सक्रिय सदस्य रहेको प्रहरीको दाबी छ ।

 चक्रे मिलन हाल परिसरको हिरासतमा छन् भने दिपक मनाङगे,गणेश लामा,दाबा लामालगायतका नाइकेहरु लुकेर हिंडेका छन् । गौतम सानोठिमीको प्रहरीकै मिलोमतोमा गुण्डागर्दी र असुरी धन्दामा सक्रिय हुँदै आएका थिए । अपहरण मुद्दामा ६ बर्ष कैद भुक्तान गरी ५ वर्ष अगाडी रिहा भएका गौतम  भक्तपुर सानो ठिमीका जुनियर प्रहरीदेखि डिएसपीसम्मलाई हातमा लिएर गुण्डागर्दीमा संलग्न हुँदै आएको आरोप स्थानियको छ ।

 गौतमलाई एक महिना अगाडि अपराध महाशाखाले पेप्सीकोलाबाट पक्राउ गरेको थियो । महाशाखाले गुण्डागर्दी नगर्ने शर्तमा डेछाडे पनि उनी सुध्रिएनन् । गौतमले हतियार बोकेर हिड्ने तर्साउने गरेको सुचना महाशाखामा पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित