सांसद बस्नेतद्वारा सेवा घरलाई आर्थिक सहयोग हस्तान्तरण

Mahesh Manav Kalyan

भक्तपुर ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरको चाँगुनाराण ७ स्थित मानव कल्याण समाज सेवा घरलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । सडक तथा सार्वजनिक स्थलहरुमा कस्टकर जीवनयापन गर्न बिवश सबै उमेर समुहका अशक्त, अनाथ, अपाङ्ग, असहाय र मनोरोगी ब्यक्तिहरुलाई सेवा गर्दै आएको मानव कल्याण समाजलाई सांसद बस्नेतले आर्थिक सहयोग गरेका हुन् ।
मानविय आस्था नेपालका संरक्षक समेत रहनुभएका सांसद बस्नेतले मानविय आस्था नेपालको तर्फबाट रु ५० हजार नगद सहयोग हस्तान्तरण गर्नुका साथै उनको आत्माकथा ‘म महेश’ नामक एक हजार वटा पुस्तक बिक्रिबाट आएको रकम पनि समाजलाई प्रदान गर्ने भएका छन् । उक्त पुस्तकको मूल्य प्रति गोटा रु ६५० रहेको छ । सांसद बस्नेतले पुस्तक विक्रि गरी आउने सम्पूर्ण रकम उक्त सेवा घरकै लागि प्रयोग गर्न भन्दै सेवा घरकी अध्यक्ष तथा संचालक सुमित्रा चौलागाईलाई एक हजार थान पुस्तक हस्तान्तरण गरेका छन् ।
पूर्वमन्त्री समेत रहनुभएका सांसद बस्नेतले समृद्ध नेपाल सुखी नेपाली सरकारको अभियानलाई सफल बनाउन सडकमा रहेका सबै उमेर समुहका अशक्त, अनाथ, अपाङ्ग, असहाय र मनोरोगी लगायतका ब्यक्तिहरुलाई व्यवस्थापन अहिलेको अपरिहार्य भएको बताउदै उनले देशमा कुनै पनि प्रकारका मानिसले परिवार विहिनको महशुस गर्नु नहुने वातावरणको सिर्जना गर्नुपर्नेमा बताए । उनले संस्थाले त्यस प्रकारका मासिनलाई एक ठाउँमा ल्याई पालन पोषण तथा कतिपय व्यक्तिको घरमा लगि जिम्मा लगाउने कार्य गरेको भन्दै उच्च प्रशंसा समेत गर्नुका साथै बेवारीसे सडक मानव व्यवस्थापना गर्न प्रदेश सरकारसँग आर्थिक तथा प्राबिधिक सहयोगको लागि संम्बन्धीत निकाय वा संस्थाहरुले विशेष ध्यान दिई सहयोग गर्नु पर्नेमा जोड दिए । सांसद बस्नेतले संस्थाले सवै नागरिक सरह सडक मानिस संरक्षण गर्दै एउटा परिवारको रुपमा राखी संरक्षण गरेकोमा विशेष धन्यवाद दिई संस्थालाई आफ्नो तर्फबाट गर्न सक्ने सहयोग जहिले पनि निरतर रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित