विपक्षी दलमाथि प्रधानमन्त्रीको प्रहार, पानी धमिलो बनाएर माछा मार्ने प्रयास नगर्नुस्

kp in sansad

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओेलीले देशमा महंगी घटेको दाबी गरेका छन्। उनले गत वर्षको तुलनामा यस वर्ष महंगी घटेको दाबी गरेका हुन्। प्रतिनिधिसभालाई सम्बोधन गर्दै आज प्रधानमन्त्री ओलीले गत वर्ष ४ दशलम २ प्रतिशत महंगी थियो भने यस वर्ष ३ दशमल ७ प्रतिशतमात्र रहेको बताए।

ओलीले यस वर्ष आर्थिक बृद्धि दर ८ प्रतिशतको हाराहारीमा हुने अनुमान गरिएको दाबी गरेका छन्। राजश्व शंकलनमा ३२ प्रतिशतले बृद्धि भएको बताउँदै प्रधानमन्त्री ओलीले चालु सरकारी खर्च ३४ बाट १४ प्रतिशतमा झरेको जानकारी दिए।
कुल वैदेशिक सहयता १६२ दशलम ७२ प्रतिशतले बृद्धि भएको प्रधानमन्त्रीले जनाएका छन्। प्रधानमन्त्रीको सम्बोधन जारी रहेको छ।

सम्बोधनकै क्रममा उनले सरकारले कर्मचारी समायोजन अध्यादेश नल्याएको भए राज्यले ६० प्रतिशत भन्दा बढी व्यवभार बेहोर्नुपर्ने बताए । सार्वजनिक महत्वको विषयमा उठेका सवालहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले कर्मचारी समायोजन अध्यादेशको विरुद्ध विपक्षी दल नेपाली काँग्रेसको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले आईतबारसम्म ३४ हजार ७ सय ५७ जनाले समायोजनमा जानको लागि फारम भरिसकेको भन्दै अनिवार्य वा स्वेच्छिक अवकासमा गएको भए मुलुकले ६० प्रतिशत व्यवभार बेहोर्नु पर्ने तर्क गरेका हुन् ।

उनका अनुसार ३० वर्षदेखि पेन्सन दिने र उमेर भएका राष्ट्र सेवक कर्मचारीलाई पेन्सनर बनाएर मुलुक नै आर्थिक व्ययभार बेहोर्नु पर्ने भएकोले अध्यादेश ल्याएको स्पष्ट पारेका छन् । उनले सग्लो पानीलाई धमिलो बनाउने र धमिलो पानीमा माछा मार्ने प्रयास नगर्न पनि विपक्षीलाई आग्रह गरेका छन् ।

उनले धेरै कानूनहरु संशोधन गर्नुपर्ने कार्य पूरा गर्ने चरणमा रहेको भन्दै आगामी फाल्गुन भित्र सबै संघीयतासँग बाझिएका कानूनहरु संशोधन गरिसक्ने दाबी समेत गरे ।

सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले सरकारको सफलता र असफलतालाईँ जाँच्ने आधार भनेको नै सूचकहरु नै हो भन्दै प्रधानमन्त्री ओलीले सरकारको १० महिनामा आफूहरु सो कामहरुको समीक्षा गर्ने बेला भएको बताएका छन् ।
‘सुखी नेपाली समृद्ध नेपाल’ बनाउने सपना देखेर आफूहरुले गल्ती नगरेको भन्दै उनले सरकारको स्वार्थ राज्यलाई समृद्ध बनाउनु नै आफ्नो मूल एजेन्डा रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित