कंशाकारलाई कालोमोसो दल्ने वैद्यका कार्यकर्ता पक्राउ

suresh

    काठमाडौं । महानगरीय अपराध महाशाखाले नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगरत्न कंशाकारलाई कालोमोसो दल्ने मोहन वैद्यको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीका कार्यकर्ता पक्राउ गरेको छ ।

महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार क्रान्तिकारी युवा लिगका सचिवालय सदस्य चन्द्रागिरी–४ का ३७ बर्षिय सुरेश तामाङलाई आज थानकोटबाट पक्राउ गरिएको हो ।

वाइडबडी विमान खरिद प्रकरणको मुख्य दोािष रहेको भन्दै तामाङले शुक्रबार उनकै कार्यकक्षमा पुगेर कालोमोसो दलेका थिए । शाकारले भने चन्दा रकम नदिए पनि आफूमाथि कालोमोसो दलिएको प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित