६० जनासम्म मन्त्री बनाउन सकिन्छ : प्रधानमन्त्रीे

काठमाडौं : प्रधानमन्त्रीले शेरबहादुर देउवाले ६० जनासम्मको मन्त्रीमण्डल विस्तार गर्न सकिने बताएका छन् । जम्बो मन्त्रीमण्डल बनाएर विवादित बनेका प्रधानमन्त्री देउवाले भने–‘कानुनतः ६० जनासम्म मन्त्री बनाउन सक्ने अवस्थामा अहिले त्यसको नजिक मात्रै पुगेका छौं ।’ संयुक्त राष्ट्रसंघको ७२ औ महासभामा भाग लिन न्युयोर्कमा रहेका प्रधानमन्त्री देउवले संख्यालाई भन्दा पनि कामलाई हेर्न आवश्यक रहेको धारणा राखेका थिए । प्रधानमन्त्री देउवाले भारत र चीन दुवैले नेपालको आपसी सम्बन्धको समस्या राम्ररी बुझेको पनि बताएका छन् । कोलम्बिया विश्वविद्यालयमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले–‘भारत र चीन दुवै हाम्रा छिमेकी मित्र राष्ट्र हुन् । नेपालले दुवैसँग मित्रबत सम्बन्ध राखेर अघि बढिरेहेको छ र बढ्नुपर्छ । हाम्रो समस्या उनीहरु दुवैलाई राम्ररी जानकारी छ । सायद उनीहरु एक आपसमा पनि कुराकानी गर्लान नेपालको समस्या बारेमा भन्ने मलाई लाग्छ ।’ उनले प्रदेश र संघको निर्वाचन पछि नेपाल विकासको पथमा अघि बढ्ने राजनीतिक अस्थिरता घट्ने बताए । उनले विश्व समुदायलाई नेपालमा लगानी गर्न समेत आग्रह गरेका छन् । न्यूयोर्कमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य मुलुकका राष्ट्र तथा सरकार प्रमुखसँग भेटघाट गरेका । प्रधानमन्त्री देउवाले अफगानिस्तानको राष्ट्रपति असरफ घानी, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, पाकिस्तानका प्रधानमन्त्री सहिद खान अब्बासी र बंगलादेशका प्रधानमन्त्री शेखर हसिनासँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित