घरेलु मैदानमा रियलको लज्जास्पद हार

real_1

    काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा चर्चित फुटबल क्लव रियल मड्रिडले लज्जास्पद हार ब्यहोरेको छ । आइतबार राति भएको खेलमा आफ्नै घरेलु मैदानमा रियल मड्रिडले रियल सोसाइडेडसँग २–० गोलको लज्जास्पद हार ब्यहोरेको हो । रियल सोसाइडेडको जितमा विलियन जोसे र रुबेन पार्डोले गोल गरे ।

खेलको तेस्रो मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै रियल सोसाइडेडले खेलमा अग्रता लिएको थियो । त्यसपछि खेलको ६१औं मिनेटमा रियल मड्रिडका लुकास भजक्वएजले रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि रियल मड्रिड झनै दबाबमा आयो । । खेलको ८३औं मिनेटमा पार्डोले गोल गर्दै रियल सोसाइडेडलाई २–० गोलको सनसनीपूर्ण जित दिलाए । हारसँगै रियल मड्रिडको १८ खेलबाट ३० अंक भएको छ । रियल सोसाइडेडको भने समान खेलबाट २२ अंक छ ।

प्रतिक्रिया

सम्बन्धित