गृह सचिवलाई क्लिन चिट , मन्त्री अधिकारीलाई कारबाहिका लागि सिफारिस

lekha samiti

    काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमले खरिद गरेको वाइड बडी जहाज खरिद प्रकारणमा छाविनका लागि गठित उपसमितिले तयार पारेको प्रतिवेदनलाई परिमार्जन गरी पारित गरेको छ । वाइड बडी खरिदसम्बन्धी उपसिमितिले तयार पारेको प्रतिवेदन आज बसेको लेखा समितिको बैठकले परिमार्जन गरेर पारित गरेको हो।

उपसमितिले खरिद प्रक्रियामा बदनियत देखिएको भन्दै कारबाही माग गरिएका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीलाई नैतिक जिम्मेवार ठहर्‍याउँदै कानुनअनुसार कारबाही माग गरिएको छ भने तत्कालिन पर्यटन तथा हालका गृह सचिव प्रेमकुमार राईको नाम भने हटाइएको छ ।

उपसमितिले तयार पारेको प्रतिवेदनमा पूर्वमन्त्रीहरू जीवनबहादुर शाही र जीतेन्द्र देवलाई नैतिक जिम्मेवार र मन्त्री अधिकारीलाई बदनियत राखेको उल्लेख थियो। लेखाले पारित गरेको प्रतिवेदनमा तीनै मन्त्रीलाई नैतिक जिम्मेवार ठानेर कानुनअनुसार कारबाही माग गरिएको छ । तर, उपसमितिले अनियमिततामा संलग्न भनेका गृह सचिव राईको नाम भने हटाइएको छ ।

यस अघ पर्यटनमन्त्री रविन्द्र अधिकारीले वाइड बडी घोटलामा आफ्नो कुनै पनि संलग्नता नरहेको भन्दै पत्रकार सम्मलेको आयोजना गरी जानकारी गराएका थिए । त्यस लगत्तै बसेको लेखा समितिको बैठकले उनलाई पनि दोषि देखाएको छ ।

प्रतिक्रिया

सम्बन्धित