भक्तपुरको डुबान समस्या समाधानका लागि स्थलगत अध्ययन, सांसद बस्नेतको पहलमा काम शुरु हुँदै

bha

   काठमाडौं । लामो समयदेखि डुबानको समस्या भोग्दै आएका भक्तपुरबासीले आगामी दिनहरुमा डुबानको समस्याबाट मुक्त हुने भएका छन् । पुर्व मन्त्री एबम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद  महेश बस्नेतको विशेष पहलमा भवन विभागको प्राविधिक टोलीले आज डुबान प्रभावित क्षेत्रको स्थलगन अध्ययन शुरु गरेसँगै डुबानको समस्या स्थायी रुपमा समाधान हुने बाटो खुलेको छ ।

उक्त प्राविधिक टोलीले भक्तपुरको राधेराधे, वाप्पा महादेव, खर्यास्याङ्खुर्सुङलगायतका डुवान क्षेत्रहरुमा निरीक्षण तथा अनुगमन गरेको हो । विभागले डुबान समस्याको समाधानका लागि ड्रिनेज, हिमपाइपलगायतका आवश्यकता अनुसारको व्यवस्था गर्ने भएको हो । एक करोडको लगानीमा डुवान प्रभावित क्षेत्रमा काम अघि बढाइने भएको छ । आगामी वर्षायामलाई मध्यनजर गर्दै तत्कालै डिपिआरको प्रकृया अघि बढाइने समेत उक्त टोलीले जनाएको छ ।

भक्तपुर डुवान तथा अरनिको राजमार्गमा सवारी जामको समस्या समाधान गर्न हनुमन्ते नदीको करिडोर तथा ढल निर्माण समेत तिव्र गतिमा अघि बढिरहेको जानकारी गराउँदै प्रतिनिधिसभा सदस्य बस्नेतले चाँडोभन्दा चाँडो डिपिआरको काम सम्पन्न गरी काम अघि बढाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित