बुद्ध एअरको यो लापरबाही, इन्जिन नै स्टार्ट नभएपछि यात्रुलाई ओरालेर अर्को जहाजमा सारियो

buddha-air

 काठमाडौं। पुष २० गते शुक्रवार विहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट  पोखराका लागि उड्न तयारी गरेको बुद्ध एअरको जहाजको इन्जिन स्टार्ट नै भएन । शुक्रवार ७ बजे उड्न तयारी गरेको बुद्ध एअरको यू फोर ६०५ नम्बर उडानको तयारी गर्दा स्टार्ट नै नभएपछि यात्रुलाई जहाजवाट ओरालेर अर्को जहाजमा सारिएको थियो ।

 वोडिङ पास लिएर वसेका पहिलो उडान नम्वर ६०५ नम्बरको जहाजका यात्रुहरु आफु चढेको जहाज विग्रिएको थाहा पाए पछि झस्किएका थिए । केहि यात्रुले विग्रिएर स्टार्ट नहुने जहाजमा आफुहरुलाई जोखिम पुर्ण उडान गराउन खोजेको भन्दै रोष प्रकट गरेका थिए । जहाजमा ७० वढि यात्रु रहेको सोहि ६०५ नम्वर उडानका एक यात्रुले वताए ।

 यात्रुलाई ओरालेर अर्को जहाजमा सारेर पोखरा उडान गरिएको थियो । यात्रु झारेपछि ६०५ नम्बर उडानको जहाजलाई ट्याक्टरले तानेर ग्राउण्डिङका लागि पार्किङ तर्फ लगेको थियो ।
जहाज स्टार्ट नै नभएर यात्रुलाई अर्को जहाजमा सार्नु सामान्य घटना मान्न नसकिने उड्डयन सम्बद्ध जानकारहरु बताउँछन् । दैनिक दर्जन वढी उडान भर्ने जहाजहरु व्यस्त भएका कारण इन्जिनको प्रविधिक परीक्षण नै नगरिकनै उडान भर्न लागिएको आशंका गरिएको छ ।

 हवाई जहाज संवेदनशिल परिवहन हो । यसको उडान र सञ्चालनका लागिग विज्ञ प्राविधिकहरु द्वारा नियमित परिक्षण अनिवार्य छ । शुक्रवार विहान पोखरा उडानकोे तयारी गरिको बृद्ध एयरका फस्ट फ्लाइट प्राविधिक जाँच परीक्षण नै नगरि यात्रु चढाउनु गंभिर लापरवाही गरेको बुझ्न सकिन्छ । जहाज स्टार्ट नभएर यात्रुलाई अन्य जहाजमा सार्नु पर्ने अवस्था आउनुले बृद्ध एयरको सेवाको गुणस्तरमा प्रश्न उब्जिएको छ । सम्वन्धित क्षेत्रमा हुने यि र यस्ता लापरवाहीपुूर्ण घटनाले जनमानसमा सुरक्षा चिन्ता उव्जाइदिएको छ ।

 यसै पनि नेपालको हवाइ उड्ययन क्षेत्र सुरक्षा चिन्ताले आलोचित छ । एयरलाइन्स कम्पनीको व्यवस्थापकीय कमी कमजोरीले गर्दा नेपालको उड्डयन क्षेत्र राष्ट्रिय, अन्तराष्ट्रिय क्षेत्रमै आलोचना सहन वाध्य छ । यस वारेमा राज्यको नियमन संयन्त्र प्रभावकारी हुनु जरुरी छ । कस्ता जहाज उडाउन मिल्छ मिल्दैन भन्ने भरपर्दो छानविन र अध्ययन समेत हुन सकेको छैन । यसमा राज्य र विमान सञ्चालक कम्पनीहरु जवाफदेहि र संवेदनशिल हुनुपर्छ ।
विगतमा जहाज चलाउने पाइलट समेत मदिरामा लठ्ठ परेको फेला परेपछि अर्को पाइलट फेरिको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको घटना सेलाउन नपाउँदै यात्रु चढेको विमान स्टार्ट नै नभएको घटना पत्ता नलगाई यस प्रकरणलाई सामान्य घटना मानेर ढाकछोप गरियो भने लापरवाहीको श्रृंखला वढ्न सक्छ । अतः बुद्ध एअरको यो कमजोरी कसरीर किन भयो ? पत्ता लगाएर नागरिकलाई सुरक्षाको प्रत्याभुती दिन सक्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित