हारेपछि एमालेले निकाल्यो अनौठो निष्कर्ष

आश्विन।  सत्ताको व्यापक दुरुपयोग गरेका कारण आफ्नो पार्टीका पक्षमा अपेक्षित परिणाम आउन नसकेको एमालेले निष्कर्ष निकालेको छ । प्रदेश २ को मतपरिणाम सार्वजनिक भइरहेका बेला बिहीबार बसेको स्थायी समिति बैठकले चरम दुरुपयोग र भ्रामक प्रचारका बीचमा पनि पार्टीले हासिल गरिरहेको जित सन्तोषजनक भएको ठहर गरेको छ ।

 केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न बसेको स्थायी समिति बैठकमा प्रदेश २ को चुनावको समेत समीक्षा भएको थियो । एमालेलाई जसरी पनि पछि पार्ने रणनीतिअनुसार चुनावका सामान्य नियमसमेत बेवास्ता गर्दै सत्ताधारी दलहरू अघि बढेको बैठकको निष्कर्ष छ । बैठकले तीनवटा प्रस्ताव पनि पारित गरेको छ ।

  सत्ताको दुरुपयोगका बीचमा पनि मत दिएकामा एमालेले जनतालाई धन्यवाद दिएको छ । त्यस्तै, विभिन्न स्थानमा मतगणनामा समेत अनियमितता गरिएको पाइएको भन्दै त्यसबारे निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । वीरगन्ज महानगरपालिकाको एउटा वडामा एक मतले हारेका उम्मेदवारको पुनस् गणना गर्दा ११ मतले जितेको प्रसंग उल्लेख गर्दै एमालेले यसबाट पनि मतगणनामा भएको त्रुटि र गडबडी पुष्टि हुने जनाएको छ ।बैठकले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि यस्तै हर्कत हुन सक्ने भन्दै गम्भीर हुन निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको छ । निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बनाउनुपर्ने र तोकिएकै समयमा चुनाव हुनुपर्ने एमालेको निष्कर्ष छ । ‘आचारसंहिता उल्लंघनलाई कडाइका साथ रोक्न, सत्ताको दुरुपयोग बन्द गर्न र भय एवं आशंकाको वातावरण सिर्जना नगर्न बैठक सरकार र सम्बद्ध निकायसँग माग गर्दछ’ एमाले सचिव प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा छ ।कान्तिपुरमा खबर छ

प्रतिक्रिया

सम्बन्धित