सिरियाबाट अमेरिकी सेना फर्काइने 

 siruya

 सिरियामा कार्यरत सम्पूर्ण सेनालाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत महिना घोषणा गरे अनुसार नै फिर्ता गरिने विदेशमन्त्री माइक पोम्पेओले बताएका छन् ।

 “उक्त घोषणाको व्यापक रूपमा विरोध भएका छ तर सेनालाई सिरियाबाट फिर्ता गर्ने निर्णयलाई सरकारले अघि बढाउँछ,” उनले बताए । अमेरिकी उच्च कूटनीतिक अधिकारी पोम्पेओले वासिङ्टनका क्षेत्रीय सहयोगी मुलुकहरूको अकस्मात सेना फिर्ता गर्ने निर्णयप्रतिको गुनासोलाई सम्बोधन गर्न गरेकोे मध्यपूर्वको भ्रमणका क्रममा उहाँले उक्त कुरा बताएका हुन् ।

 काएरोमा इजिप्टका विदेशमन्त्री सामेह सौक्रीसँगको संयुक्त पत्रकार सम्मेलनमा पोम्पेओले भने, “राष्ट्रपति ट्रम्पले हाम्रो सेनालाई फिर्ता गर्ने निर्णय गरिसक्नुभएको छ । हामीले यसलाई कार्यान्वयन गर्छौँ ।”
यसैहप्ता अमेरिकी सुरक्षा सल्लाहाकार जोन बोल्टनले फिर्ता गर्न सिरियामा इस्लामिक स्टेट ९आइएस० समूहको पराजितलगायतका शर्तहरू अघि सारेका थिए । बोल्टनको उक्त प्रतिक्रियाले ट्रम्पको घोषणाका बाबजुद पनि अमेरिका निर्णयबाट पछि हट्ने अनुमान गरिएको थियो । तर पोम्पेओको उक्त भनाइले ट्रम्प प्रशासन सिरियाबाट सेना फर्काउनेमा प्रतिवद्ध रहेको देखिएको छ ।- एजेन्सी -

प्रतिक्रिया

सम्बन्धित