योगेश भट्टराईले भने - जोगीकै भेषमा अपराध हुँदा प्रहरीलाई छानबिन गर्न गाह्रो परेको छ

yogeshbhattarai

 काठमाडौं । नेकपाका स्थायी समिति सदस्य तथा सांसद योगेश भट्टराईले माग पूरा गरेर विधेयक ल्याउँदा पनि डा.गोबिन्द केसीले एक शब्द प्रशंसा नगरी उल्टै अपशब्द प्रयोग गरेर गाली गर्दै अनसन बसेको वताएका छन् ।

 भट्टराईले विधेयक पास हुने बितिक्कै सम्बन्धन प्राप्त मेडिकल कलेजहरु मापदण्डअनुसार संचालन भए/नभएको छानविन हुने पनि उल्लेख गरे । शनिबार प्रेस चौतारी र प्रेस सेन्टर निकट पत्रकारहरुलाई राखेर उनले भने - यति ठुलो र जनपक्षिय काम गर्दा समेत शान्ति प्रक्रिया र लोकतन्त्रविरुद्धको षड्यन्त्रमा डा. केसी एउटा भुल्काका रुपमा प्रयोग भएका छन्, केसी राजनीतिक मोहराका रुपमा प्रस्तुत हुँदै गएको थुप्रै दृष्टान्त छन् ।'  

 राष्ट्रपति, सरकार, संसद, अदालत र प्रहरीलाई बदनाम गराउन तथाकथित भुल्कालाई आइकनका रुपमा अघि सारिएको नेता भट्टराईले आरोप लगाए । गोबिन्द केसी इलाममा अनशन बस्दै गर्दा गंगामाया अधिकारीलाई पुल्चोकको संयुक्त राष्ट्रसंघ बिल्डिङ अघि राखेर फोटो खिचाइनु नै यसको बलियो प्रमाण रहेको भट्टराईको दाबी थियो ।

 उनले थप भने - 'कहिलेकाही जोगीकै भेषमा डरलाग्दो अपराध हुँदा सुरक्षाकर्मीलाई पनि छानबिन गर्न धेरै गाह्रो परेको हामीले देखेका छौँ, सेतो लुगामै दाग लाग्छ भन्ने हामीले बुझ्नु पर्छ, समाजले बिस्तारै बुझ्दै गएको छ ।’

प्रतिक्रिया

सम्बन्धित