अनुहार राम्रो बनाउने अनेक उपाय: एक चम्चा महदेखि काचो दुधसम्म

  maha  काठमाडौं । मान्छे राम्राे देखिनकाे हर उपाय अवलम्वन गरेका हुन्छन्। कतपय सामान्य कुरा भने थाहा हुदैन। त्यसैमध्येकाे हाे मह र कागतिकाे रस । ४–५ थोपा कागतीको रस र एक चम्चा मह अनुहारमा लगाएर अनुहारमा चमक ल्याउनेहरू पनि छन्। महलाई ४-५ थाेपा कागतिकाे रसमा राखेर अनुहारमा लगाउने र १५ मिनेटमा पखाल्ने गरिन्छ। अनुहारमा छुट्टै चमक आउने चिकित्सकहरु स्विकार्छन् ।

त्यतिमात्रै हैन दुई चम्चा बेसनमा आधा चम्चा बेसार मिलाउने । त्यसलाई १० थोपा गुलाबजल र कागतीको रसले लेदो बनाउने । सो लेदोमा काचो दूध घोलेर पातलो लेप बनाउने र अनुहारमा लगाउने । करीब २० मिनेटपछि अनुहार पखाल्ने। हप्तामा एकपटक यो तरिका अपनाउँदा अनुहारमा चमक आउँछ । पाकेको केरा मुछेर अनुहारमा लगाउँदा चाउरीपन हटाउँछ र छालालाई कसिलो बनाउँछ।

डार्कसर्कल हटाउन आँखाको वरिपरी काँचो आलुको टुक्राले हल्का मसाज गर्ने ।  अनुहारमा चाया पनि आएको छ भने काक्रोको रसले मसाज गर्दा चाया कम हुन्छ । काँचो दूधले अनुहार मालिस गर्दा मरेको छाला हटाउँछ। निमको पातलाई पिसेर लेदो बनाएर लगाउदा छालाको रोग प्रतिरोध क्षमता बढाउँछ। यसले डन्डिफोर हटाउन पनि मद्धत गर्छ।

काक्रोको रसमा बेसार मिलाएर अनुहारमा लगाउँदा चमक आउँछ । एभोकाडोको लेप बनाई १५ मिनेट लगाउँदा अनुहार सफा र चम्किलो बनाउँछ। अनुहारमा घिउकुमारीको रसले मालिस गर्दा अनुहारमा चमक आउँछ र चाउरीपन पनि हराउँछ । सुन्तलाको बोक्रलाई घाममा सुकाएर पिसेको धुलोमा कागतीको रस मिसाएर लेप बनाउने। यसलाई फेसवासको रुपमा प्रयोग गर्ने ।

प्रतिक्रिया

सम्बन्धित