कार्यकक्षमै कुटपिट गरेर नपुगेपछि सचिवलाई पक्राउ गराए मन्त्रीले

mantir yadhav

     जनकपुर । प्रदेश–२ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादव गुण्डागर्दीमा उत्रिएका छन् । मन्त्री यादवले आफूले भनेको गैरसरकारी संस्थालाई योजना नपारेको भन्दै सचिवलाई कार्यकक्षमै हातपात गरेका हुन् ।

आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै आक्रोशित भएका मन्त्री यादवले सचिव विद्यानाथ झालाई कार्यकक्षमै बोलाएर हातपात गरेका हुन् । सचिव झाले मन्त्री यादवले कार्यकक्षमै बोलाएर ‘आफूले भनेको एनजिओलाई किन योजना नपारेको भन्दै ?’ सभामुखकै अगाडि हातपात गरेको बताए । सभामुख सरोजकुमार यादव मन्त्रीकै कार्यकक्षमा भए पनि सचिव झाले कुटाई खँदा उनी एक शब्द पनि नबोलेको बताइएको छ ।

यसैबीच मन्त्री यादवले सचिवलाई कुटपिट मात्र गरेनन्, उल्टै प्रहरी बोलाई पक्राउ गरि पठाएका छन् । 

प्रतिक्रिया

सम्बन्धित