प्रहरी इन्काउन्टरमा यसरी मारिए मोष्ट वान्टेड सहनी

sahani

  भैरहवा । रुपन्देही प्रहरीको इन्काउन्टरमा मारिएका व्यक्ति कुख्यात अपराधी भएको खुलेको छ । प्रहरीको मोस्ट वान्टेड सूचिमा रहेका केदार सहनी शनिबार राती प्रहरी इन्काउन्टरमा मारिएका हुन्। तस्करी हुन लागेको सूचनाको आधारमा प्रहरीले नाकामा चेकजाँच गर्ने क्रममा उल्टै प्रहरीमाथि गोली चलाउँदा सिद्धार्थनगर नगरपालिका-६ का केदार सहानी भिडन्तमा मारिएको रुपन्देही प्रहरीले जनाएको छ ।

सहनीसँगै मोटरसाइकलमा रहेका अर्का एक जना भने फरार भएको प्रहरीले जनाएको छ । उनीहरुले प्रयोग गरेको युपी ५३ एच २०२८ भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। साथै उनीहरुले प्रयोग गरेको एक थान अटोमेटिक पेस्तोल र चेम्बरमा एक थान तथा म्यागजिनमा रहेको ३ थान गोली बरामद भएको रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले बताए ।

थापाका अनुसार मोस्ट वान्टेड सहनीले तत्कालीन नेकपा माओवादीसँग आवद्ध हुदै जनतान्त्रिक तराई मुक्ति मोर्चा आजाद समूह (भुमिगत समूह) प्रवेश गरेर चन्दा आतंक मच्चाउँदै आएका थिए।

राजनितिक दलमा आवद्ध हुनु अघि उनी सीमानाका क्षेत्रमा तस्करीमा सक्रिय रहेको बताइए पनि त्यसको आधिकारीकता भने प्रहरीले खुलाउन सकेको छैन । साहानी उपर कर्तव्य ज्यान, बम विस्फोट, चन्दा–फिरौती लगायत मुद्दा रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित