६ महिनामा ५ खर्ब खर्च

images
  काठमाडौं । सरकारले चालु आर्थिक वर्षको छ महिनामा करिब पाँच खर्ब रुपैयाँको खर्च गरेको छ। साउन एक गतेदेखि पुस ३० गतेसम्म सरकारले यो रकम खर्च गरेको हो।
चालु आर्थिक वर्षको लागि अर्थमन्त्री डाक्टर युवराज खतिवडाल १३ अर्ब १५ अर्ब रुपैयाँको बजेट विनीयोजन गरेकोमा छ महिनाको अवधिमा ३८ प्रतिशत खर्च गरेको हो। तुलनात्मक रुमा चालु आयोजना तथा सरकारी कर्मचारीको तललभत्तामा खर्च हुने चालु खर्च ३५ प्रतिशत खर्च गरेपनि नयाँ आयोजनाको लागि खर्च गरिने विकास खर्च र वित्तीय व्वस्थापन खर्च भने न्यून मात्रै भएको छ । जसअनुसार पुँजीगत खर्च १७ दशमलव १७ प्रतिशत र वित्तीय व्यवस्थापन खर्च १५ प्रतिप्रतिशत भएको अर्थमन्त्रालयले जनाएको छ।
३ खर्ब १५ अर्बको पुँजीगत खर्च विनीयोजन गरिएकोमा ५३ अर्ब ९० करोड रुपैयाँ खर्च खर्च भएको छ । त्यस्तै ८ खर्ब ४५ अर्ब चालु खर्च विनीयोजन गिएकोमा दुई खर्ब ९५ अर्ब रुपैयाँ ६ महिनाको अवधिमा खर्च भएको छ ।
वित्तीय व्यवस्थापन तर्फ एक खर्ब ५५ अर्ब रुपैयाँ विनीयोजन गरिएकोमा २३ अर्ब ५ करोड रुपैयाँ खर्च भएको छ ।

प्रतिक्रिया

सम्बन्धित