गोविन्द केसी अस्पतालमा
इलाम । अनशनरत डाक्टर गोविन्द केसी अस्पताल भर्ना भएका छन् । सोमबार बिहान इलाम जिल्ला अस्पताल भर्ना गरिएको जनाइएको छ ।
केसीको छातीमा समस्या देखिएको र निमोनियाले छोएको हुन सक्ने भएको उपचारमा संलग चिकित्सकले बताएका छन् ।
आफूसँग भएको सहमति विपरित चिकित्सा शिक्षा विधेयक संसदबाट पास गर्न खोजेको भन्दै डा. केसी १६ औँ पटक इलाम गएर अनशन बसेका छन् । यता सरकारले भने डाक्टर केसीका माग अनुसार र विधयेक ल्याइएको जनाएको छ ।
- (फाइल फोटो)
प्रतिक्रिया