ला लिगामा मेसीको ४०० गोल

 images (1)   काठमाडौै लियोनल मेस्सीले स्पेनिस ला लिगा फुटबलमा ४०० गोल गरेका छन् । ला लिगाअन्तर्गत आइतबार राति एइबरसँगको खेलमा मेस्सीले ४०० गोल गरे ।  आइतबार राति भएको खेलमा इबरविरुद्ध बार्सिलोनाले ३–० को जीत दर्ता गरेको छ । यो जितसँगै ला लिगामा शीर्ष स्थानमा कायमै छ ।

इबरविरुद्धको खेलमा लुइस स्वारेजले २ गोल गरे भने मेसीले एक गोल गरे ।  उनले बार्सिलोनाबाट ला लागिमा ४३५ खेलमा ४०० गोल गरेका हुन् । मेसी युरोपका शीर्ष चार मध्ये एउटै लिगमा ४०० गोल गर्ने पहिलो खेलाडी बनेका छन् । तर  समग्रमा ४०० गोल गर्ने खेलाडीको सूचिमा उनी दोस्रो नम्बरमा छ । यो सूचिको शीर्षस्थानमा क्रिष्टियानो रोनाल्डो छन् । उनले इंग्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा र इटालियन सिरी ए गरी ५०७ खेलमा ४०९ गोल गरेका छन् । मेस्सीले ला लिगामा विभिन्न ३७ क्लबविरुद्ध गोल गरेका छन् ।

त्यस्तै लिगमा आइतबार राति नै भएका अन्य खेलमा रियाल मड्रीडले रियल बेटिसलाई २–१ गोल अन्तरले हरायो भने एटलेटिको मड्रिडले लेभान्तेलाई २–० गोल अन्तरले हराउँदा सेभिल्ला एथ्लेटिको बिल्बाओसँग २–०ले पराजित हुन पुग्यो ।

प्रतिक्रिया

सम्बन्धित