सुमार्गीको अवैध रकम इन्भेष्टमेन्ट र बंगलादेश बैंकमा

ajayaraj sumargi

   काठमाडौं । सर्वोच्च अदालतले पुरानो आदेशलाई खारेज गर्दै व्यापारी अजयराज सुमार्गी सुमार्गीको पैसा यथास्थितिमा नै राख्न राष्ट्र बैंकलाई निर्देशन दिएसँगै सुमार्गीको अवैध रकमको खोजी शुरु भएको छ । सर्वोच्चका प्रधान न्यायाधीशसहित चोलेन्द्रशमशेर राणासहितको संयुक्त इजालासले गत मंगलबार सुमार्गीको पैसा इन्भेष्टमेन्ट बैंकमै फर्काएर पुरानै अवस्थामा राख्न आदेश दिएको थियो ।

उक्त आदेश पालना गर्दै राष्ट्र बैंकले आइतबार इन्भेष्टमेन्ट बैंकलाई पैसा फिर्ता ल्याउन निर्देशन दिइसकेको छ। सुमार्गीले मुक्तिश्री सिमेन्ट उद्योगको नाममा विदेशबाट ल्याएको पैसाको स्रोत नखुलेको भन्दै राष्ट्र बैंक स्वयम् सर्वोच्च अदालत पुगेको थियो ।

शुरुमा न्यायाधीश दिपकराज जोशीले आदेश दिएको दुई दिनभित्र सुमार्गीले रकम झिकिसकेका थिए। उनले ७८ करोड रुपैयाँमध्ये २० करोड इन्भेष्टमेन्ट बैंककै ऋण तिर्न प्रयोग गरेका छन् भने बाँकी ५८ करोड रुपैयाँ महालक्ष्मी विकास बैंक, नेपाल बंगलादेश बैंक र प्राइम बैंकमा जम्मा गरेको खुलेको छ ।

तर, अब सर्वोच्चको आदेश पालना हुने हो भने सुमार्गीले तिरेको ऋणको रकम पनि बैंकले फिर्ता दिएर पुनः जफल गनर्् पर्ने हुन्छ । अदालतको आदेश पालनाका लागि अब इन्भेष्टमेन्ट बैंकले आफ्नोबाट चेक काटिएर जुनजुन बैंकमा पैसा गएको छ, उनीहरुलाई पत्र लेखेर पैसा फिर्ता माग्नुपर्ने अवस्था सृजना भएको छ ।

प्रतिक्रिया

सम्बन्धित