एसएसपीमा बढुवाका लागि चलखेल शुरु, शक्तिकेन्द्र धाउँदै यि एसपी

nepalpolice

 काठमाडौं । नेपाल प्रहरीमा एसपीबाट एसएसपीमा बढुवाका लागि कुल रिक्त १६ पदमा ३२ जना प्रतिष्पर्धी देखिएका छन् । मन्त्रिपरिषद्को आईतबारको बैठकले प्रहरी नियमावली २०७१ को नियम २८ को उपनियम १ (क) संशोधन गरेपछि बढुवाको बाटो खुला भएको हो । तर,लोकसेवा आयोगको सहमति आउन भने बाँकी रहेको वताइएको छ ।

 लोकसेवा आयोगको सहमतिपछि अर्को साताबाट बढुवा प्रक्रिया शुरु हुने छ। एसपीबाट एसएसपीमा बढुवाका लागि श्यामलाल ज्ञवाली,गणेश रेग्मी,रामदत्त जोशी, सन्दीप भण्डारी, किरण बज्राचार्य, टेकप्रसाद राई, नरेन्द्रप्रसाद उप्रेती, बसन्तबहादुर कुँवर,केदार ढकाल, रबिन्द्र केसी, भरत वहादुर बोहरा,उमेशराज जोशी,बुद्दिराज गुरुङ ,कुबेर कडायत,राजेन्द्र बिष्ट,बिष्णु कुमार केसी,राजेशनाथ बास्तोला,पोषराज पोखरेल,मिरा चौधरी,बिकासराज खनाल,सुदिप गिरी लगायत प्रतिस्पर्धामा छन् ।

 नयाँ नियमानुसार प्रथम श्रेणी तहको बढुवाका लागि चार वर्ष कायम रहेको अबधी हटाइएको छ । नेपाल प्रहरीमा २०४७, २०४९, २०५१ र २०५२ प्रवेश गरी एसपी भएका ३२ जना देखिएका छन् ।

 प्रहरी नियमावलीअनुसार एसएसपी बढुवाको अधिकार गृहमन्त्रीमा निहीत हुन्छ भने बढुवा समितिमा गृह सचिव अध्यक्ष, प्रहरी महानिरीक्षक सदस्य र एकजना अतिरीक्त महानिरीक्षक सदस्य सचिव रहने व्यवस्था छ । एसपीबाट एसएसपीमा बढुवाका लागि कतिपय एसपीहरु शक्तिकेन्द्र धाउन थालिसकेका छन् ।

 यि मध्य सबैभन्दा बढी सन्दिप भण्डारी नेताको घर धाउन थालेको प्रहरी स्रोत वताउँछ । काममा भन्दा नेतादेखी हाकिमको  चाकडी गरेर राम्रो ठाउँमा बस्दै आएका भण्डारीलाई एक नम्बरमा बढुवा गर्नका लागि पुर्व आईजीपी उपेन्द्रकान्त अर्यालले समेत चलखेल गरेको  स्रोतले वतायो।   

प्रतिक्रिया

सम्बन्धित