पातञ्जलद्धारा प्रदेश नम्बर ५ र सो अन्तर्गतका जिल्लामा शाखा विस्तार

patanjal

    रुपन्देहि । पातञ्जल योग समिति नेपालले राष्ट्रिय योग दिवसको अवसर पारेर प्रदेश नम्बर ५ अन्तर्गतका जिल्लाहरुमा शाखा विस्तार गरेको छ । समितिले लोकेन्द्र न्यौपानेको अध्यक्षतामा प्रदेश न ५ समिति, रोमलाल पुरीको अध्यक्षतामा रुपन्देहि जिल्ला समिति र खिम बहादुर तरामुको अध्यक्षतामा बुटवल उपमहानगरपालिका समिति समेत विस्तार गरेको हो।

राष्ट्रिय योग दिवसका दिन आयोजित उक्त कार्यक्रममा प्रदेश नम्बर ५ स्वास्थ्य मन्त्रालयका डा. बुद्धिप्रसाद पौडेलले योगलाई जीवनशैलीको अभिन्न अगंको रुपमा पूर्नजीवित गर्ने अभियानमा सबै एक भएर लाग्नु पर्ने विषयमा विशेष जोड दिएका थिए ।

त्यसैगरि पातञ्जल योग समिति नेपालका केन्द्रिय सदस्य एवं प्रदेश नं.५ का सचिव डा. प्रकाश पाण्डेले योग यहि भूमिको ज्ञान भएकोले योग मार्फत नेपालले विश्वलाई हाँक्न सक्नेमा कसैको दुईमत नरहने र पातञ्जल योग समिति नेपाल अबका दिनमा यस दिशातर्फ आफ्नो कार्ययोजना बनाई अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
पातञ्जल योग समिति नेपालका केन्द्रिय सदस्यद्धय योग प्रसाद आचार्य एवं दिर्घराज गिरीले योगलाई शारीरिक,मानिसिक र आध्यात्मिक शान्तिका लागि उपयोग गरिनु पर्नेमा आफ्नो धारणा व्यक्त गर्दै प्रदेश, जिल्ला एवं नगरसमतिमा चयन हुनु भएका पदाधिकारी एवं सदस्यहरुलाई बधाई एवं शुभकामना व्यक्त गरेका थिए ।

त्यसैगरि पातञ्जल योग समिति नेपाल प्रदेश न ५का अध्यक्ष लोकेन्द्र न्यौपानेले राष्ट्रभित्र योग, ध्यान, आयुर्वेद, प्राकृतिक चिकित्सा आदिका क्षेत्रमा वैदिक र पौराणिक कालदेखि हालसम्म योगदान गर्ने राष्ट्रिय गौरव, ऋषिमुनिहरु, योगी, ध्यानी, ज्ञानी, शन्त, महन्त र विद्धानहरुको खोजी र अनुसन्धान गरी राष्ट्रिय पहिचान दिन आवाश्यकता बोध गर्दै सञ्चालनमा आएको पातञ्जल योग समिति नेपालको यो महान अभियानमा सरिक हुन सम्पुर्ण योगप्रेमीजनहरु समक्ष अपिल गरेका थिए ।

त्यसैगरि पातञ्जल योग समिति नेपालका केन्द्रिय महासचिव नबराज काफ्लेले हिमालयको काखमा विकास भएको योग आधुनिकताले लोप हुँदै गएकोमा सरकारले राष्ट्रिय दिवस घोषणा गरि मनाउन थालेपछि पूर्नजागरणमा केहि टेवा पुगेपनि नेपाल सरकारको कार्यक्रम दिवस केन्द्रित मात्र भएकोमा दुःख व्यक्त गरे । उनले योग सम्बन्धमा स्पष्ट नीति एवं कार्ययोजना बनाई अगाडी बढ्न सरकारसमक्ष अनुरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित