सांग्रिलाको अध्यक्षमा निर्विरोध चयन भएका प्रसाईद्धारा सपथग्रहण

sangrila

   काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको सोमबार सम्पन्न चौंधौ बार्षिक साधारणसभाले अच्युुतप्रसाद प्रसाईलाई अध्यक्षमा चयन गरेको छ । साधरणसभाले संस्थापकबाट ३ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ३ जना गरि जम्मा ६ जना सञ्चालकहरुलाई र्निविरोध चयन गरेको हो । सञ्चालकहरु चयन भएसँगै सोही दिन बसेको नव निर्वाचित संचालकहरुको २२४ औ बैंठकले प्रसाईलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

अध्यक्ष प्रसाईले १ गते नै नेपाल राष्ट्र बैंक, बैंक तथा बित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलको उपस्थितीमा नेपाल राष्ट्र बैंकका डेपुुटी गभर्नर चिन्तामणी शिवाकोटी समक्ष पद तथा गोपनीयताको शपथ लिइ सकेका छन् । बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन २०७३ लागूु भएपछि ऐनमा बैंक तथा बित्तीय संस्थाका अध्यक्षले निर्वाचित भएसंगै तोकीएको ढाँचामा नेपाल राष्ट्र बैंक समक्ष शपथ लिनुु पर्ने ब्यवस्था बमोजिम प्रसाईले शपथ लिएको बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले करिब १८ अर्ब ५० करोड निक्षेप संकलन तथा १६ अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रवाह गरि करिब २९ करोड ५० लाख रुपैयाँ सञ्चालन मुुनाफा आर्जन गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित