अरनिको राजमार्ग केन्द्रीत सफाई अभियान ८ स्थानमा सफाई गरि सम्पन्न

HB

भक्तपुर ।
हनुमन्ते सफाई अभियान एबम् भक्तपुर अरनिको राजमार्ग केन्द्रीत सफाई अभियान अन्र्तगत आज मध्यपुर थिमी नगर पालिकाको ८ स्थानमा एकै साथ सफाई गरि सम्पन्न गरिएको छ । आजको अभियानमा मध्यपुर थिमी नगरपालिकाको राधे राधे देखि मनहरा पुलसम्म मुख्य मुख्य चोकमा सरसफाई गरिएको हनुमन्ते नदि सफाई अभियानका उत्प्रेरक रुद्र पौडेलले बताए । नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको बिशेष सक्रिएतामा भक्तपुरमा संचालन गरिएको सफाई अभियान देशकै अनुकरणीय अभियान बनाउने उद्देश्यका साथ अघि बढिरहेको छ ।

H1_1
आज भएको सफाई अभियानमा कौशल्टार देखि मनोहरा सम्मको खण्डमा जनप्रेमी कलेज , कौशलटार बोडिङ स्कुल, वेभ ग्रपका अध्यक्ष नरेस रंजित ,सचेत मार्ग टोल विकास समितीका अध्यक्ष उमेस चापागाई, सागबारी टोल सुधार समिती, अभियान्ताहरु केदार दाहाल, मोहन पौडेल, राजु कुटु, रमेस श्रेष्ठ, वडा सदस्य कृष्ण हरि आचार्य लगाएत कौसलटारका स्थानियहरुको उपस्थिीतिमा २ टन फोहर संकलन गरि ब्यबस्थापन गरिएको हनुमन्ते नदि सफाई अभियानका उत्प्रेरक रुद्र पौडेलले बताए ।

HH
अभियानकै क्रममा अरनिको राजमार्ग भएर चल्ने २०० सार्बजनिक सबारी साधनहरुमा सुचनामुलक पर्चा टास्ने काम समेत गरिएको छ ।

HHH

सफाई अभियानमा सुर्यबिनायक नगरपालिका प्रमुख तथा हनुमन्ते नदी सफाई अभियानका संयोजक बसुदेव थापा, हनुमन्ते नदी सफाई अभियानका सह संयोजक एबम् सुर्यबिनायम नगरपालिका उपप्रमुख जुना बस्नेत, मध्यपुर थिमी नगरपालिकाको उपप्रमुख अन्जना मधिकर्मी , भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारि नारायण प्रसाद भट्ट ,अनुगमन संयोजक मदन घिमिरे ,पातञ्जल योग समिती नेपाल ,भक्तपुरका ब्यबसायीहरु ,बिभिन्न राजनितिक दलका प्रतिनिधिहरु ,नेपाल रेडक्रस, जिबन बिज्ञान, कल कल समुह लगायत नेपाली सेना नेपाल, प्रहरी सशस्त्र प्रहरी, वेभ ग्रप , नेप्सेम्यक ,नेपाल फुलबारी लगायत बिभिन्न संघसस्था र स्थानीयको उपस्थिति रहदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित