चिनले के बनाउदै छ त्यस्तो हतियार, जसबाट अमेरिका डरायो

china2019-01-16      काठमाडौं। चीनले विश्वकै सबैभन्दा आधुनिक हतियार प्रणालीयुक्त देश बन्ने क्रममा रहेको अमेरिकी रक्षा विभाग पेन्टागनले जनाएको छ । मध्यम र लामो दुरीदेखि हाइपरसोनिक मिसाइलसम्मका हतियार निर्माण गरिसकेको चीन, अस्त्रहरुको प्रतिसपर्धामा धेरै अघि बढिसकेको छ ।
पेन्टागनको खुफिया विभागले पेश गरेको रिपोर्टमा उल्लेख गरिए अनुसार बेइजिङले पछिल्ला केही वर्ष सैन्य क्षेत्रमा अत्याधिक प्रगति गरेको छ जसमा विशाल चिनियाँ बजारको पहुँच दिए वापद् गोप्य प्राविधिक जानकारी आदन प्रदान गरिनुलाई प्रमुख कारण मान्न सकिने बताइएको छ । यसरी प्रविधि र श्रोतसाधन दुवैमा आफ्नो हात भएपछि चीनले मध्यमदेखि लामो दुरी र हाइपरसोनिक अर्थात आवाजको गति भन्दा छिटो उड्न सक्ने हतियार र सुरक्षा प्रणली युक्त डिजाइनहरु तयार गरेको छ ।
यसरी प्राविधिक ज्ञान हासिल गर्नुले चीनलाई विश्वकै सबैभन्दा आधुनिक हतियारहरु उपलब्ध गराइरहेको रिर्पोटमा जनाइएको छ । जस अन्र्तगत चीनले हवाइ, भूमि, जल र अन्तरिक्षमा समेत आधुनिक क्षमता वृद्धि गराइ सैन्य क्षेत्रलाई शक्तिशाली बनाइरहेको छ । पछिल्लो समय ताइवानमाथि नियन्त्रण पाउनमा केन्द्रित रहेको बेइजिङले यसकारण पनि सैन्य आधुनिकीकरणमा ध्यान दिँदै आएको बताइन्छ । चीनले यसअघि नै ताइवानले औपचारिक रुपमा स्वतन्त्रता घोषित गराएमा आफूहरुले सैन्य कारबाही अघि बढाउन पछि नहट्ने बताइसकेको छ । जसमा अमेरिका लगायत कुनै राष्ट्रले बाहिरी हस्तक्षेप गरे तिनले पनि चिनियाँ बलको सामना गर्नुपर्ने बेइजिङको चेतावनी छ ।
यसबारेमा पेन्टागनका एक वरिष्ठ खुफिया अधिकारीले पत्रकारहरुसँग कुरा गर्दै चिन्ता व्यक्त गरेका छन् , ‘अहिले चिनियाँ सेना यति विकसित भइसकेको छ कि पिपुल्स लिबरेसन आर्मीका जर्नेल आफूहरुले ताइवानलाई सजिलै कब्जा गर्न सक्नेमा विश्वस्त हुन सक्छन् ।’ यसका साथै चीनले आफ्ना अधिकाकंश सैन्य गातिविधिहरु स्याटलाइटको पहुँच बाहिर, भूमिगत रुपमा परिचालन गर्दै गोप्य राख्ने गरेकाले पनि अमेरिकाले आपत्ति जनाउने गरेको छ । यस्तोमा चिनियाँ सैन्य क्षमता विश्वमा हावी हुन अब धेरै समय नलाग्ने पेन्टागनको भनाइ छ । –द गार्जियन समाचार छ।

प्रतिक्रिया

सम्बन्धित