किमले लेखे ट्रम्पलाई एक पत्र

 Kim_452I2Fk7MH   काठमाडौं । उत्तर कोरियाली नेता किम जोङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एक पत्र लेखेका छन् । उनले आफूले लेखेको पत्र बोकाएर विश्वास पात्र  किम योङ चोल अमेरिका पठाएका छन्।

चोल  अमेरिकी अधिकारीसँगको भेटका लागि अमेरिका पुगेका विविसीले जनाएको छ ।  यसै वर्ष नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीच दोस्रो वार्ताको तयारी भइरहेको छ ।

त्यही तयारीका लागि चोल अमेरिका पुगेको बीबीसीले उल्लेख गरेको छ।  उत्तर कोरिया र अमेरिकाबीच पहिलो ऐतिहासिक वार्ता सिंगापुरमा भएको थियो ।  त्यसपछि उत्तर कोरियाले परमाणु निशस्त्रीकरणको काम गरिरहेको छ। चोल चीनको बेइजिङ हुँदै अमेरिका पुगेको दक्षिण कोरियाका अधिकारीले बताएका छन् ।

चोलले आफ्नो साथमा किमले ट्रम्पका लागि लेखेको चिट्ठी लिएर गएको बताइएको छ। चोलले अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओसँग शुक्रबार भेट गर्ने तयारी रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित