धनाड्यहरूको फोरममा नेपालको पनि सहभागिता, स्वीजरल्याण्ड जाने तयारीमा प्रधानमन्त्री

 kp sharma    काठमाडौं । नेपालले पहिलो पटक धनाड्यहरूको मञ्‍च भनेर चिनीने वर्ल्ड इकोनोमिक फोरममा सोमबार भाग लिदै छ । पहिलो पटक नेपाल आएको अवसर आएको अवसर लिनको लागि प्रधानमन्त्री केपी शर्मा ओली आइतबार स्विट्जरल्यान्डको डावोस जाँदै छन् ।
नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली आइतबार साँझ ८ बजे कतार एयरवेजमार्फत त्यसतर्फ जान लागेका हुन्। विश्वव्यापीकरण र उदार अर्थव्यवस्थाको पक्षमा वकालत गर्ने विश्व आर्थिक मञ्चले करिब पाँच दशकदेखि निरन्तर आयोजना गरिरहेका डावोस बैठकमा प्रधानमन्त्रीस्तरमा नेपालको सहभागिता हुन लागेको यो पहिलो पटक हो। प्रधानमन्त्री ओली डावोस बैठकमा दुई सत्रहरुमा प्लानलिष्टका रुपमा सहभागी हुनुका साथै उनले त्यहा विभिन्न नेता र बहुराष्ट्रिय कम्पनीका कार्यकारीसँग साइटलाइन मिटिङ र अनौपचारिक छलफल गर्ने कार्यक्रमपनि रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
जनवरी २२ मा ’स्ट्राटेजिक आउटलुक अन साउथ एसिया’मा प्रधानमन्त्री ओलीले नेपालको तर्फबाट धारणा राख्नेछन् । त्यस्तै ओलीले जनवरी २३ मा ‘सेपिङ दी फ्युचर अफ डेमोक्रेसी’ शीर्षकमा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले जनवरी २४ मा जि–ट्वान्टी मुलुकसहितका देशका नेताहरूसँग छलफल गर्ने तयारी पनि छ ।

प्रतिक्रिया

सम्बन्धित