विश्वमा परिचित भक्तपुरका सम्पदा संरक्षण हामी सबैको दायित्व : सांसद बस्नेत

Mahesh Jilla Samanya

भक्तपुर ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विश्वमा परिचित भक्तपुरका सम्पदा संरक्षण गर्ने दायित्व सबैले ग्रहण गर्नुपर्ने बताएका छन् । जिल्ला समन्वय समितिको विशेष पहलमा आज भएको मौजदात कोष सञ्चालन निर्देशिका एबम् फोहोर मैला तथा विद्युत पोल व्यवस्थापन विषयमा भएको छलफललाई सम्बोधन गर्दै सांसद बस्नेतले अरनिको राजमार्गलाई उज्यालो राजमार्ग बनाउने गृहकार्य शुरु भइसकेको बताउदै भक्तपुरको सम्पदा संरक्षण गर्नु नै आर्थिक, सामाजिक, सांस्कृतिक तथा पर्यटकिय विकासको मेरुदण्ड भएको बताए ।


सांसद बस्नेतले भक्तपुर नगरपालिकाले पोखरी, मठ मन्दिर तथा विश्वसम्पदा सूचिमा रहेका सम्पदाहरुको संरक्षणको श्रेत्रमा गरेका कामहरु उदाहरणीय रहेकाले अन्य नगरपालिकाले पनि त्यसलाई अनुकरण गर्नु पर्ने बताए । उनले समृद्ध भक्तपुका लागि सवै एक ढिक्का भई अघि बढ्नुपर्ने बताउदै भने " विकासमा सहकार्य र सहयोगको विकल्प छैन ।"  सांसद बस्नेतले प्रविधिको प्रयोग गर्दै सफाई, विकास तथा तारमुक्त भक्तपुर बनाउन चारवटै नगरपालिकाले एकिकृत रुपमा अघि बढे समृद्ध भक्तपुर र सुखी भक्तपुरका नागरिक बनाउन सकिने बताए ।


कार्यक्रममा सम्बोधन गर्दै सांसद बस्नेतले भक्तपुर सफाई , सर्भिस ट्रयाक निर्माण एबम् स्तरउन्नतिको कारण भक्तपुरमा दुर्घटना न्युनिकरण भएको र राधे राधेदेखि जडीवुटी पुलसम्म मध्यपुर थिमी नगरपालिकाले दुवो तथा सोलार वत्ती राख्ने कार्यको शुरुवात गरेको जानकारी गराउदै भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकाले पनि संयुक्त रुपमा प्रयास गरे राधे राधेदेखि साँगासम्म  दुवो तथा सोलार बक्तिको व्यवस्था गरी उज्यालो अरनिको राजमार्ग बनाउन सकिने धारणा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित