प्रदेश नं २ मा कांग्रेसले लियो अग्रता

काठमाडौं । प्रदेश नं २ को प्रारम्भिक मतपरिणाममा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसलाई एमाले, माओवादी केन्द्र, फोरम नेपाल, राजपा नेपाल, संघीय समाजवादी फोरमले पछ्याइरहेका छन् ।

बाराको फेटा र बारागढी गाउँपालिकामा कांग्रेसले प्रारम्भिक अग्रता लिएको छ । बाराकै देवतालमा भने नेकपा माओवादी केन्द्र अगाडि छ ।

कांग्रेस सिरहाको कल्याणपुर र महोत्तरीको बर्दिबासमा अगाडि देखिएको छ । बर्दिबासमा माओवादी केन्द्रले कांग्रेसलाई पछ्याईरहेको छ । कल्याणपुरमा भने राजपाका उम्मेद्वारले पछ्याइरहेका छन् ।

धनुषाको मिथिला बिहारी नगरपालिका र सप्तरीको सप्तकोशी नगरपालिकामा भने एमालले अग्रता लिएको छ ।

बाराको देवतालसँगै धनुषाको गणेशनाथ चारनाथ नगरपालिकामा भने माओवादी केन्द्र अगाडि देखिएको छ ।सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा फोरम नेपाल अगाडि छ भने सप्तरीको तिलाठीमा राजपा नेपालका उम्मेद्वार अगाडि देखिएका छन् ।रौतहटको गौर र सिरहाको लाहानमा पनि मतगणना जारी छ । गौरमा एमालेले लिड गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित