अझै चेत खुलेन कांग्रेसी नेताहरूको

nepalicongres

 काठमाडौं । निर्वाचनमा भोगेको पराजयको लामो सयमपछि नेपाली कांग्रेसले बल्ल संगठनलाई ध्यान दिएको छ । कांग्रेसका केन्द्रीय नेताहरू जिल्ला–जिल्ला पुगेर कार्यकर्ताहरूलाई प्रशिक्षण दिन थालेका छन् । गाउँका कार्यकर्ताहरूको महत्व बुझ्न थालेका छन् । सभापति शेरबहादुर देउवा पनि गाउँका सानाभन्दा साना कार्यक्रमहरूमा सहभागी हुन थालेका छन् ।

 कार्यकर्ताहरूलाई भेट्न थालेका छन् । नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विजय गच्छदार र विमलेन्द्र निधि, महामन्त्रीद्वय डा.शशांक कोइराला र पूर्णबहादुर खड्का, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरू दीपक गिरी, डा.शेखर कोइराला, कृष्णप्रसाद सिटौलासहितका दर्जनभन्दा धेरै नेताहरू राजधानी बाहिर छन् । उनीहरू कुनै न कुनै जिल्लामा पुगेर कार्यकर्ताहरूसँग सम्पर्क गरिरहेका छन् । काम पर्दा राजधानी आउने र लगत्तै फेरि जिल्ला जाने गरेका छन् ।
नेपाली कांग्रेसका कार्यकर्ताहरूले केन्द्रीय नेताहरूबाट देखाइएको यो चासोलाई निरन्तरता होस् भन्ने चाहना राखेका छन् । केन्द्रीय नेताहरूलाई आफ्नै जिल्ला र गाउँमा देख्न पाउँदा कार्यकर्ताहरूको मनोवल पनि उच्च हुने गरेको छ । त्यसले गर्दा संगठन निर्माणमा पनि ठूलो सहयोग मिल्ने देखिन्छ ।

 नेपाल तरुण दलले सरकारविरुद्ध आन्दोलन नै घोषणा गरेको छ । विराटनगरबाट माघ ८ गतेदेखि शुरु भएको तरुण दलको आन्दोलन माघ १४ गते धनगढीमा पुगेर समापन हुने बताइएको छ । तरुण दलको विरोध ¥याली र विरोध सभाका कार्यक्रमहरूमा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता देखिएको छ । यसले पनि कांग्रेसले आफ्नो राजनीतिक गतिविधिलाई जोडतोडका साथ अगाडि बढाएको चर्चा छ ।
यता, पार्टीको सशक्त भातृ संगठन नेपाल विद्यार्थी संघले आफूलाई क्रियाशील बनाउन सकेको छैन । अध्यक्ष नैनसिंह महरले नेविसंघलाई नेतृत्व दिन नसकेको भनेर धेरैले आरोप लगाएका छन् । नेविसंघको अधिवेशन गराउन नसक्नु नै महरको ठूलो असक्षमता हो भनेर चर्चा हुन थालेको छ । तर, कांग्रेसका नेताहरुबीच एकले अर्कालाई खुइल्याउने कार्य पनि भइरहेको छ । गगन थापा जस्ता नेताहरू कांग्रेसलाई भन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थमा केन्द्रित हुने गरेका छन् । यो कुरा स्वयं कांग्रेसका नेताहरूले बताउने गरेका छन् ।

 उता, आफ्नै जिल्ला तनहुँ सम्हाल्न नसकेका रामचन्द्र पौडेल जिल्ला दौडाहमा निस्किएका छन् । पौडेललाई आफ्नै जिल्लाका नेता गोविन्दराज जोशीले चुनौती दिँदै नेपाली कांग्रेस तनहुँको विशेष अधिवेशन गरेर नेतृत्वमा एकलौटी कब्जा जमाएका छन् ।

 व्यक्तिगत रिसिइबी राख्दै आएका पौडेलले जोशीलाई पार्टीबाटै निस्काशित गरेपछि तनहुँ कांग्रेसभित्रको विवादले ठूलो रुप लिएको हो । तनहुँ जिल्लामा नेता पौडेल अल्पमतमा छन् । जोशीले गरेको विशेष अधिवेशनको वैधतामाथि प्रश्न उठे पनि पौडेलका लागि तनहुँ जिल्लाबाट राजनीति गर्न त्यति सजिलो छैन । सानो चित्त भएका पौडेलले जोशीलाई फकाएर कुनै पदमा राख्नुको साटो कारबाही गरेर आफ्नै लागि समस्या ल्याएका छन् ।
पौडेलले आफ्ना छोरा चिन्तन पौडेललाई नेता बनाउने गरेर अगाडि बढाएका छन् । छोराको राजनीतिक भविश्यका लागि जोशीलाई पार्टीबाट कारबाही गरेर निकालेको धेरै नेताहरूको आरोप छ । चिन्तन पौडेलले आफ्नो बुबा रामचन्द्र पौडेललाई हस्तक्षेप गरेर सल्लाह र सुझाव दिने गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित