संसद भवन छिर्न खोज्ने विवेकशील नेपालीका नेता कार्यकर्ता पुलीस क्लवमा

bibakshil

    काठमाडौं । चिकित्सा शिक्षामा सुधारको मागसहित १६ औं पटक अनसनमा बसिरहेका गोविन्द केसीको माग पूरा गर्न माग गर्दै संसद भवन छिर्न खोजेका विवेकशील नेपाली दलका नेता कार्यकर्ताहरुले शुक्रबार सामूहिक गिरफ्तारी दिएका छन् ।

नयाँ वानेश्वरमा संसद भवन अगाडि प्रदर्शनका क्रममा उनीलाई प्रहरीले नियन्त्रणमा लिई नेपाल पुलिस क्लबमा पुर्याइएको हो ।
गिरफ्तारी दिनेमा विवेकशील नेपाली दलका संयोजक उज्वल थापा, सदस्यहरु शशीबिक्रम कार्की, अजिता राई, डा‍. दिनेश प्रसाईं, अम्बिका कार्की, सूजन श्रेष्ठ, रामजी पन्त, मिलन पाण्डे, सोनम थीमीलगायतका १८ जना रहेका छन् ।

यता, सरकारले भने आज जसरी पनि संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पास गर्ने तयारी गरिरहेको छ । प्रमुख प्रतिपक्ष दलले अस्वीकार गर्दा गर्दै पनि वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले विधेयक पास गर्न लागेको हो । तर, नेपाली कांग्रेस भने माग सम्बोधन नभए संसद चल्न नदिने अडानमा बसेको छ।

प्रतिक्रिया

सम्बन्धित