अाईजीपी अर्याल हैसियतबिहिन बन्दै

काठमाडौं।  आँफैले गरेको सरुवा नै बदर भएपछि प्रहरी महानिरीक्षक (अाईजीपी) प्रकाश अर्याल संगठनमा हैसियतबिहिन बन्न लागेका छन् । अाईजीपी अर्यालले गरेको सरुवा गृहमन्त्री जनार्दन शर्माको दबाबमा रद्द गरिएको छ । जसका कारण गृहमन्त्री  शर्मा र अाईजीपी अर्यालको सम्बन्धबिग्रिएको छ ।

अर्यालले धुनषामा मिरा चौधरीलाई पठाइएकोमा कांग्रेस नेता बिमलेन्द्र निधीको दबाबमा गृहमन्त्री शर्माले उक्त सरुवा रद्द गरी चक्र बहादुर सिंहलाई धनुषामा लगेका छन् । चुनावको बेला आफुले जे भने त्यही मान्ने प्रहरी अधिकृतलाई निधिले धनुषा लगेका हुन् ।

एसपी चौधरीले निष्पक्ष भएर काम गर्ने भएकाले निधिले कुनै पनि हालतमा उनलाई धनुषा जान नदिएका हुन् ।  यसले प्रहरीमा हुने चरम राजनीतिक हस्तक्षेपलाई प्रष्ट पारेको छ । चौधरीलाई धनुषा पठाउन नसकेपछि अाईजीपीले अमेरिका तालिममा पठाउने बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित