तीन महिनामा तेब्बर राजश्‍व

office building_1486630253   काठमाडौं। छोटी भन्सार कार्यालय खक्रौलामा स्तरोन्नति गरिएको तीन महीनाको अवधिमा गत वर्षको सोही अवधिको तुलनामा तेब्बर राजश्व असुली भएको छ ।गत कात्तिक ५ गतेदेखि काम थालेको सो भन्सारमा यही माघ ११ गतेसम्म रु एक करोड ८६ लाख ४६ हजार राजश्व सङ्कलन भएकोे छ । छोटी भन्सार हँुदा गत वर्षको यही अवधिमा रु ५५ लाख ५८ हजार मात्र राजश्व सङ्कलन गरेको थियो ।

खक्रौला भन्सार कार्यालयका प्रमुख वसन्तकुमार केसीले आगामी फागुनबाट मासिक रु एक करोड राजश्व उठने लक्ष्य लिइएको बताए । उनले बाटोको स्तरोन्नति, व्यापार सहजीकरण, व्यापारीसँगको समन्वय र चोरी तस्करी नियन्त्रण गर्ने नीतिलाई कार्यालयले प्राथमिकता दिइरहेको बताउनुभयो । खक्रौलाभन्दा पारी भारततर्फ तिकुनियाको बाटो साँघुरो भएकाले ठूला सवारीसाधन आवतजावतमा कठिनाइ रहेको छ ।

भन्सार प्रमुख प्रसादले भारततर्फको बाटो यसै वर्ष बन्ने जानकारी दिनुभएको छ । कार्यक्रममा उत्कृष्ट भन्सार एजेन्ट ऋषिराम जमरकट्टेल र भन्सार कार्यालय सहयोगी कालु थापालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित