​चितवनमा पहिलो पटक पेरियो एस्थेटिक लेजर सम्बन्धि सेमिनार सम्पन्न

drrn

 चितवन । ​चितवनमा पहिलो पटक पेरियो एस्थेटिक लेजर सम्बन्धि सेमिनार सम्पन्न भएको छ । साइराम डेन्टल केयर, नारायणगढ चितवनको आयोजनामा माघ १२ र १३ गते २ दिन सम्म चलेको सेमिनारमा देशको बिभिन्न भागबाट ४० जना दन्त चिकित्सक सहभागी भएका छन्।

 सेमिनारमा पेरियो एस्थेटिक लेजर विशेषज्ञ डा. रिचा कपुरले मुख्य प्रशिक्षकको रुपमा प्रशिक्षण दिएकी थिइन । कार्यक्रममा साइराम डेन्टल केयरकी प्रबन्ध निर्देशक डा.सरु थापाले पेरियो लेजर पद्दतिबाट गिजा लगायत मुखको विभिन्न अपरेशन र उपचार छोटो समयमै सम्पन्न गर्न सकिने,दुखाई निकै कम हुने, अपरेशनमा रगत नबग्ने, अपरेशन पश्चात सुन्निने/ दुख्ने समस्या कम हुने र अपरेशन गरेको भाग पनि चाडै नै निको हुने वताइन।

 डा. थापाले भनिन- 'परम्परागत तरिकाबाट भन्दा यो पद्धतिबाट उपचार गरिदा परिणाममा बढी सफलता मिल्ने गर्दछ। उक्त प्रविधिमा आधारित उपचार सेवा सेमिनार पश्चात नियमित रुपमा साइराम डेन्टल केयर नारायणगढबाट उपलब्ध गराइने छ।'

 यो पद्दति नयाँ, अत्याधुनिक भएको र सम्पूर्ण उमेर समुहका बिरामीलाई उपयोगी र प्रभावकारी हुने विश्वास रत्ननगर अस्पताल, चितवनका मेडिकल सुपरिटेन्डेन्ट तथा वरिस्ठ कन्सल्टेन्ट डेन्टल सर्जन डा.अजय न्यौपानेले वताएका छन् ।

 उनले भने- 'सेमिनार लगत्तै हामी साइराम केयर मार्फत यो सेवा नियमित संचालन गर्ने छौँ, देशको विभिन्न भागबाट सहभागी ४० दन्त चिकित्सकले पनि आफ्नो क्षेत्रमा सेवा सुरुवात गर्नु हुनेछ र यसले नेपालको दन्त उपचार पद्दतिमा नयाँ आयाम थप्ने छ।' जसबाट नेपालमै र आफ्नै क्षेत्रमा सर्वसाधारण लाभान्वित हुनेमा आयोजकको विश्वास छ ।

drr

प्रतिक्रिया

सम्बन्धित