क्यान इन्फोटेकमा डिजेआई क्यामेरा र ड्रोन आकर्षण बन्दै ,आइएमएस लिटल स्माइल्सको सहभागिता

camaran

काठमाडौं । आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस लिटल स्माइल्स्ले नेपालको पहिलो र ठूलो सञ्चार कम्पनीको रुपमा रहेको क्यान इन्फोटेकमा स्टल नं A23 मा आफ्नो सहभागीता जनाउने भएको छ । जसमा यसले आफूलाई अन्तर्राष्ट्रिय ब्रान्डको रुपमा स्थापीत गराउने अवसर प्राप्त गर्नेछ । क्यान इन्फोटेक आजबाट शुरु हुँदै छ । 

 यसले क्यामेरा अन्र्तगत पर्ने ड्रोन व्यवसायको ७० प्रतिशत बजार हिस्सा ओगटेको छ । डिजेआई क्यामेरा उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो र अग्रणी स्थानमा पर्ने कम्पनी हो । यसका उत्पादनहरुमा क्यामेरा ड्रोन , एरियल फोटोग्राफीको स्टेबलाइजर र भिडियोग्राफिका उत्पादनहरु विश्वमै प्रख्यात छन् ।

 डिजेआईका उत्पादनहरु विश्वप्रख्यात छन् । यसमा विशेष प्रकारको ईन्जिनियरिङ टेक्नीक, विशेष प्रकारको क्षमता र श्रीजनशिलताका साथ, निर्देशन मान्ने र सिनेम्याटोग्राफी भएको डिजेआई, कम उचाई एरियल तस्विर लिनका लागी विशेष उपयोगी छ ।

 समयअनुसार बढिरहने प्रविधिको आवश्यकतालाई ध्यान दिँदै यस कम्पनीले आफ्ना उत्पादनहरुमा अनुसन्धान र प्रविधिमा परिवर्तन र नविनता थप्दै उच्च प्रविधियुक्त बनाउँदै परिमार्जन गरि आफ्ना उत्पादन बजारमा ल्याउदै गएको छ । यो ब्राण्डले आफ्ना उत्पादनमा नयाँपन थप्दै आफूलाई प्रविधिमा अग्रसर गराएको छ । जसले गर्दा जटिल प्रविधि पनि आफ्ना उत्पादनका सामाग्रीमा सरलरुपमा प्रयोग गर्न सक्ने बनाएको छ । आइएमएस ग्रुपले निम्न डिजेआई मोडलका उत्पादनहरु नेपालमा तल्काल उपल्बध गराइने जनाएको छ ।

  •          Mavic 2 Zoom
  •          Spark Controller Combo White
  •          Mavic Air Black
  •          Mavic Air White
  •          Tello Global
  •          Phantom 4 Pro V2.0
  •          Spark Fly More Combo Red
  •          Tello Boost Combo
  •          Osmo Mobile 2
  •          Osmo Mobile 2  Base  

ओस्मो पकेट (Osmo Pocket)  र स्मार्ट कन्ट्रोलर (Smart Controller)  क्यान इन्फोटेकमा आकर्षक छुटका साथ बजारमा आज देखि उपलब्ध हुने कम्पनीले जनाएको छ । साथै कम्पनीले यी सबै मोडलहरु स्मार्ट डोको मार्फत अनलाइन पनि उपलब्ध गराएको छ । कम्पनीले आफ्ना यस्ता उत्पादनलाई क्यान इन्फोटेकमा आकर्षक छुटका साथ उपल्बध गराउने जनाएको छ ।

आइएमएस ग्रुपका प्रमुख कार्यकारी निर्देशक दिकेश मलहोत्राले फेरी पनि अर्को अन्तराष्ट्रिय ब्राण्डको बिक्रेता हुन पाएको र डिजेआई ड्रोन क्यामेरालाई नेपाली बजारमा भित्रयाउन पाएकोमा आफू एकदमै खुसी भएको वताए । भिडियोग्राफी र फोटोग्राफीको बढ्दो माग भएको बिकासोन्मुख डिजिटल जमानामा ड्रोन व्यवसायप्रति आफूहरु एकदमै सकारात्मक रहेको कार्यकारी निर्देशक मलहोत्रा वताउँछन् । उनले भने- 'हाम्रो लक्ष भनेको ग्राहकको सन्तुष्टि र अनुभवमा निरन्तर सुधार गर्नु नैै हो ।'

स्मरणिय छ, आइएमएस ग्रुप नेपालमा २० ओटा कम्पनीहरुको साझा समूह हो । यो ग्रुप नेपालका लागि सामसुङ मोबाइलको आधिकारिक बिक्रेता पनि हो । आइएमएस सन् १९९८ मा पहिलो पल्ट नेपालमा मोबाइल भित्रयाउने आधिकारिक गु्रप हो । आइएमएस ग्रुपले स्थापना भएको २५ वर्ष मा नै अतुल्य सफलता हासिल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित